Thursday, May 23, 2013

शून्य सपना

                                                                                                                        



आज जिन्दगीको अन्तिम दिन हो ।
विहानै उठेँ । छतमा गएर घर वरिपरि हेरेँ, मर्निङवाक गएँ । साथीहरुलाई उसैगरी भेटेँ । हिजो भन्दा खास्सै परिर्वतन थिएनन ।
तर मलाई अनौठो लागिरहेको थियो । ‘यो पृथ्वीमा अन्तिम दिन । अब जम्मा १३ घण्टामात्र बस्छु । त्यसपछि जिन्दगीको स्वेच्छिक अबकास ।’
‘मान्छेले आफू बाच्नका लागि अपराध गर्छ, अर्काको हत्या गर्छ, चोरी डकैती, ठगी... तर किन ?’ मनमनमा सोच्दै थिएँ ।
दोबाटो आएछ ।
साथीहरुसंग हाँस्दै छुट्टिएर एक्लै ओरालो लागेँ ।
पुराना स्मृतिहरु वरिपरि घेरिएका थिए । नजिकै आरुको बोट रहेछ । गुलावी फुलेको आरु । ‘कति सुन्दर यो फूल । बढीमा एक हप्ता त बाच्छ नी ।’
‘म त करिब तीन दशक बाँचिसकेकी छु । फूललाई एक हप्तामा ओइलाउन डर लाग्दैन भने मलाई ३०को दशकमा हराउन के को डर ?’

एउटा फूल टिपेँ, हातमा लिएर हेर्न थालेँ ।
‘मैले चाहेको भए कसैले मलाई यसैगरी हातमा लिन्थ्यो र ओल्टाई पल्टाई हेथ्र्यो ।’
मेरो हातको फूल नियालेँ, केही निराश जस्तै लाग्यो ।
‘बोटबाट टिपिसकेपछि फुल विग्रन्छ की भनेर माया गर्नु ढोङ मात्र हो ।’
त्यहीबाट एकपटक आकाश नियाँले । ‘अब यो आकाशपनि विस्तारै विरानो हुनेछ ।’
जीन्दगीमा सबैभन्दा बढी समय यही शून्य आकाशसंग विताएकी छु । न कसैको अबरोध, न छलछाम, त्यसैले होला शून्यता सबैभन्दा प्रिय लाग्छ ।
‘अबको केही घण्टामा नै यही शून्यतामा हराउछुँ, मेरो प्रिय सून्यता π’ आँखा चिम्म गरेँ । एकान्त सम्झिएँ ।  
साँझको र्घुमैलो देखिने आकाश हेर्नु कति रमाइलो हुन्छ । अझ पहाडको टुप्पोमा पुगेको बेला देखिने निलो आकाश π एक पटक निलो आकाशको कल्पना गरेँ । फेरि आँखा चिम्लिएँ । ओहो यो आनन्द ?
त्यसपछि उही ओरालो लागेँ ।
स्वच्छिक मृत्यु, नजिकै आएजस्तै लागेको थियो ।
‘म विरामी त छैन ?’ ओरालोमा फूल्दै गरेको गुलाब टिपेँ, त्यही गुलाबको काँडाले हातमा कोपरेँ । हिजोकै जसरी दुख्यो । म शारीरिक मानसिक दुवै रुपमा ठीक छु, केही भएको रहेनछ ।
मान्छेका चाहना फरक फरक हुने रहेछन् । त्यसैले त भनिन्छनी संसार विचित्र छ । आफ्नै चाहना सम्झिएर खित्का छोडेर हाँस्न मन लाग्यो । ‘हुन त मैले बाँचेर पनि यो पृथ्वीलाई के नै दिन सकेकी छु र ? म हुनु र नहुनुमा के फरक पर्छ ? मेरो अनुपस्थितीमा आफन्त र साथीहरुले केही दिन अभावको महसुस गर्लान । केही समयसम्म आमा, बुबा नमज्जाले रोलान । मलाई हुर्काउदै गर्दा देखेका सपना आफ्नै आँखा अघि एकैपटक झ¥याम्म फूट्दा अर्धचेत होलान । त्यो भन्दा बढी केही हुने छैन ।’ मर्नु र बाच्नुमा खास्सै अन्तर पनि देखिन ।
सरासर कोठामा छिरेँ । ढोकाको नजिकै पुस्तकको ¥याक थियो । त्यसको छेउमै ऐना ।
ऐनाको अगाडी बसेर तलदेखि माथिसम्म आफैलाई नियालेँ । मेरो अनुहार कता कता आमासंग पनि मिल्छ रे ।
आमालाई सम्झिएँ । ‘मलाई जिन्दगी दिने उनै हुन, तर मृत्युको निर्णय एक्लै लिदै छु ।’ उनीप्रति अन्याय भएको महसुस पनि गरेँ । 
मावल जादै गर्दा बासको साँघुबाट चिप्लिएर मोलुङखोलामा झरेको बेला आमाले आफ्नै ज्यानको जोखिम मोलेर मलाई बचाएकी थिइन । खोलाबाट निकाल्नेसाथ केहीबेर अंगालो हालेर रोइन ।
झमक्कै साँझ परिसकेको थियो । रुने समय नभएर होला, उनी फेरि बाटो लागिन ।
उकालीको बरको फेदमा सुस्ताउदै भनिन । ‘तलाई खोलाले बगाएको भए कसरी बाँच्थे म ?’ आमाको गला अबरुद्ध भएको थियो ।
बच्चै थिएँ । त्यसबेला मलाई मृत्यु र जीवनको खास्सै बोध भएको थिएन होला । त्यसैले मृत्युदेखि डर लागेको थिएन ।
अहिले मृत्यु र जीवन बुझेर पनि मलाई मृत्युको डर लागेको छैन ।
फेरि आफैलाई नियाँले । आखिर जीन्दगी भनेकै यही त रहेछ नी । चाहिनेजति बुझे झै लाग्यो । ‘केही रहरहरु थिए, त्यतीकै हुनेभए ।’
एक दुइ अनुभव गर्न मन लागेका कुराहरुपनि विर्सन खोज्दै थिएँ ।
‘केही समयमानै अब यी सबैसंग छुटिदैछु ।’
तर अन्तिम दिन रमाइलो त गर्नुपर्छ । बाचुन्जेल रमाउनुपर्छ ।
‘रमाइलो मान्ने मनले होकी, आखाँ र मुखले हो । जहाँ गएपनि मन नरमाएपछि के को रमाइलो ?’ मनभरि अन्तरद्धन्द्ध चलेको थियो ।
दिउँसो साथीहरु जम्मा गरेर बसेँ । 
फेसबुकको वालमा एउटा स्टाटसमा अपडेट गरेँ । ‘आज मेरोलागि अन्तिम दिन हो ।’
तुरुन्तै फोन आयो । ‘के भयो ? किन त्यस्तो लेखेको ?’ एक परिचित आवाज थियो ।
‘त्यतीकै लेखेको, बास्तविकता होइन ।’ मैलेनै फोन काटिदिएँ ।
फोन काट्ने साथ फेरि मोवाइल बज्यो ‘फेसबुकमा के लेखेको ?’
दिदिने रिसाँउदै फोन गरि । मैले नढाटी भनेँ ‘आज आत्महत्या गर्न मन लागेको छ ।’
एकपटक मज्जाले झपारि ।
फेरि फोन काटेँ ।
फोन गर्नेहरु धेरैले सोधे ‘स्टाटस किन त्यस्तो ?’
एक छिनपछि फोन उठाउन पनि छोडेँ ।
फेसबुककै अनलाईमा भएको एकजना साथीलाई भनेँ । ‘आज मर्न मन लागेको छ ।’
तुरुन्तै लेख्यो । ‘किन ? के भयो ?’
‘खै, तर मर्न मन छ ।’
त्यसपछि उसले जीन्दगी बुझाउन थाल्यो । ‘जीन्दगी अमूल्य छ ।’ मलाई भन्दा बढी थाहा रहेछ जीन्दगीको बारेमा । ‘जीन्दगी मर्नका लागि हैन, ज्यूनुपर्छ । जीन्दगी त रमाइलो पो हो ।’ धेरैबेर सम्झाईरह्यो । 
मर्नु अघि एउटा गजल लेख्न मन लाग्यो । तर लेखिनँ, गजलपनि लेख्छु भन्ने साथ कहाँ आउछ र ?
त्यसअघि लेखेका डायरीहरु जम्मा पारेँ र सिरानीमा राखेँ । ल्यापटबमा राखेको पासवर्ड हटाए र धेरै लेख रचनाहरु डेक्सटपमा सारेँ ।
फेरि ऐना हेरेँ ‘जीन्दगीकै माया सकिएको मान्छेलाई यी अक्षरको के माया लागेको होला ?’ आफैलाई हेरेर फिस्स हाँसे ।
करिब १२ घण्टा सकिसकेको थियो । मोवाईलको स्विच पनि अफ थियो । अन गरेँ र नजिकैको टेवुलमा राखेँ ।
अबत जीन्दगीको स्वच्छिक अबकासको समय पनि आइसकेको थियो । मृत्युको निर्णय लिइसकेकी मलाई घाइतेमात्र हुनु थिएन । शरीरका अंग अंग निदाउन भन्ने लाग्यो । कसैले चाहेर पनि मलाई व्यूझाउन नसकोस । म स्वतन्त्रता सहित निर्वाध रुपमा मर्न चाहन्थेँ । त्यसैले ७ ओटा स्लिपिङ ट्याबलेड खाएर ढल्किएँ । कहिल्यै नपाएको आनन्द प्राप्त भयो ।
आकाशमा उडेका चराहरुलाई घण्टौसम्म हेर्ने मलाई आफै आकाशमा उडेझै भइरहेको थियो । शून्यता, न कसैको डर, न रहर र चाहनाको भारि । निलो आकासमा खुल्ला मनसहीत माथि माथि जाँदै थिएँ ।
मोवाईला घण्टी बज्यो, सम्झिएँ मरेको व्यक्तिलाईपनि किन फोन गरेको होला ?
अन्तिम पटक फोन उठाउनुप¥यो भन्दै उठाएँ ।
एउटा धोद्रे धोद्रे परेको केटा आवाज बोल्यो ‘सरु तिम्रो सामु उपस्थित हुन सकिन । प्रतिक्षामा धेरै बर्ष विताएको छु, तिमीले महसुस गरेको हुनुपर्छ । तर चुपचाप हेरिरह¥यौ । अब चुप बस्नु भनेको जीन्दगीलाई दुर्घटना तर्फ धकेल्नुमात्र हो । त्यसैले ह्याप्पी भ्यालेन्टाइन्स डे ।’ उ अझै बोल्दै थियो । ‘हाम्रो स्वतन्त्रता खोसिदैन, रहरहरु साझा हुनेछन् । इच्छाहरुको सम्मान हुने छ । यही समाजमा हामी दुइको छुट्टै संसार रम्नेछ ।’
झसंग भएँ, म आकाशमा उड्ने, चराहरुसंग रम्ने र शून्यतामा हराउने त सपना मात्र रहेछ । तन्द्राबाट व्यूझिएँ ।
केटा आवाज मेरो मन मस्तिष्कमा घुमिरह्यो । यो संसार छोड्दै गरेको सपना देख्दापनि कम रमाइलो थिएन । खुल्ला आकासमा उड्नुको मज्जा, मिठो थियो त्यो क्षण ।
त्यो भन्दा रमाइलो लाग्यो मेरो रहर र स्वतन्त्रताको सम्मान गर्छु भन्ने धोद्रे आवाज । शब्द चयन र संयोजन मिलेको प्रतिबद्धता, शून्यतामा उड्नुभन्दा बढी आनन्द आउने क्षण बन्यो ।
आफ्नो छेउमै छामँे, छरिएको सिरानी π आँखा उघारेर झ्यालबाहिर हेरेँ, झलमल्ल घाम लागिरहेको थियो ।

No comments:

Post a Comment