Wednesday, October 31, 2012

गजल
तिमीलाई यो जवानी सुम्पिएर दिउ लाग्यो 
संगै बसी पेगमा पेग मिलाएर पिउ लाग्यो ॥

मनभरि रहरका फूलहरु फूलिरा'छन् 
लहरालाई संगालेर आफ्नै हातमा लिउ लाग्यो ॥

बसेकै थे हरियाली बसन्तमा रमाएर 
तर पनि किन किन तिम्रो साथ जिउ लाग्यो ॥ 

कोईलीको स्वर संगै पालुवात फेरिन्छ नै
सम्पूर्णता गुमाएर तिमी संगै बेरिउ लाग्यो ॥

खोज्न चाहे एकान्तमै शितल लाग्ने बहार 
बाहिर हेर्दा ठिकै थियो छुदाँ मात्र हिउँ लाग्यो ॥

Tuesday, October 30, 2012

गजल


संगै हासे तिमीसंग बोलेपछि दुखेँ
तिम्रो शहरमा रहर घोलेपछि दुखेँ

नछोएको नदेखेको नभोगेको कहिल्यै
अमुल्य यौबनको मोल मोलेपछि दुखेँ

चाहनाको लालीमा सूर्य फूल्दै थियो
चन्द्रमाको उज्यालोले पोलेपछि दुखे“

पुगे निलो समुन्द्र चुमे निलै आकाश
तर झुठको दरबार खोलेपछि दुखेँ

भिन्न शरीर एकात्मा भोगाई आधा आधा
तिम्रो अहंकारले विथोलेपछि दुखे“ ।

ओखलढुङ्गा
हालःकाठमाडौ

Wednesday, October 24, 2012

आमाले नस्वीकारेको अंगालो


-सलोजा
पहाडको टुप्पोमा बसेर सुसाउदै बगेको खोली हेर्नुको मज्जा यहि आएपछि थाहा पाएँ । अझ पानीको जीवन्तता ! कति आनन्ददायी छ यो पानीको जीवन । खोलामा बग्दै गरेको पानी पहिले बगेको ठाँउमा पुग्नै पर्दैन । बग्यो त सकियो । ती गल्ली, गल्छीणाहरु विर्सदै बग्छ । एक पटक बगेर गएपछि कहिल्यै फर्कन नसक्नु उसको विवशता पनि हुन सक्छ । तर कति चाडै विर्सन्छ विगत । पानीले जस्तै मलाईपनि विगत विर्सन मन लागेको छ । कति रमाइलो हुन्थ्यो, ती यादहरु कहिल्यै नर्फकर्ने भइदिएको भए ।
तर जीन्दगी भुल्नै सक्दिँन । यादहरु दोहोरिदै दोहोरिदै आउँछन् । निरश लाग्छ । रहर, फूल्नु रमाउनुको बदलामा विगत निचोरिएर आफैमाथि परेपछि चह¥याउदो रहेछ ।
(बढीनै भावुक बने क्यार ।) डायरीमा लेख्दैगर्दा पुन सम्झिएँ । दुर गाँउमा बस्दा पढेको पुस्तकको ठेलीहरु, डिजिटल प्रविधिभन्दा बाहिरको संसार, धेरै डायरीहरु भरिएका छन् । कस्तो निश्चल सामीप्यता ! हिमाललाई नजिकबाट अनुभव गरेकी छुँ । पहाडको फेदबाट उडेको कुहिरो मेरो काखमा बसेर हराएको छ । खुल्ला चौरमा मयूर नाचेको त्यही देखेँ । आकास नजिकै औलो उठाएर छोएकी छु । जंगलको बीचमा बसेर चराको चीरविर चीरविरसंगै काफल खादाको क्षण कहिल्यै भुल्न सक्दिन । गाँउ सम्झिदैगर्दा शरीर केही हलुका भएको महसुस भयो ।
शहरीया परिवेशमा हुर्किएपनि गाँउले सुन्दरताका बारेमा आमाले भनेकी थिइन । त्यसैले बेलायतबाट काठमाडौ आएकी म एक्कासी त्यही दुर गाँउमा पुगेँ जहाँ मेरी आमा जन्मिएकी थिइन । आमा जन्मिएकै ठाँउमा पुगेरपनि मैले आमालाई महसुस गर्न सकिन । दुर गाउमा घुम्दै करिब एक महिनाको बसाई पछि पुन यही विरानो काठमाडौ फर्किएँ ।
आफन्तकोमा गएर सहानुभूतिको पात्र बन्न चाहन्नथेँ । त्यसैले अपनत्व र एकान्त खोज्दै म हुर्किएको घर फर्किएँ ।
बस्ती भित्रको सानो घर, आमाले हातमा समाउदै डुलाउने गर्थिन । रुदाँ त्यही छतमा बसेर आकाशका ताराहरु देखाएर फूल्याउथिन । डायरीका पन्नाहरु भरिदैथिए । एक पटक रोकिएँ । डायरी पल्टाएर हेरेँ । पुन बन्द गरेँ ।
आमालाई सम्झिदै छतमा उक्लिएँ र बसिरहेँ । बस्दा बस्दै साँझ परेछ ।
आकाशमा आमाले देखाउने ताराहरु उसैगरी आए तर आमा त्यहाँ पनि थिइनन । यी ताराहरुसंगै आमाको याद आउथ्यो ।
जहाँ पुगेपनि पिडापर्दाका साहारा जस्तै लाग्छन ताराहरु । तीनै ताराहेर्दे आमालाई धेरैकुराहरु सोधेकी थिए ।
कहिलेकाही दिक्क मान्थिन, तर मेरो प्रश्न सुनेर भित्र भित्रै हाँस्थिन पनि ।
उनलाई सम्झिदै गर्दा छतमै निदाएछु ।
विहानको घाम रापिलो भएर आखाँमा परेपछि जुरुक्क उठँे र कोठामा छिरेँ ।
पुन डायरी पल्टाएँ र लेख्न थालेँ ।
लेख्दैगर्दा अझ पुराना यादहरु ताजा बन्दै गए । नेपाल छोड्ने बेलामा आमाले धेरैबेर एकोहोरो मलाई हेरेर भनिन्, नानी धेरै टाढा जादै छस, केही सोध्नु छ भने सोध । उनी अलि भावुक बनेकी थिइन । आमा खुलेर नहाँसेपनि आखाँ टिलपिल पारेको पहिलोपटक देखेँ ।
अचम्म मान्दै आमालाई हेरिरहेँ । केही सम्झिए जस्तोगरी भनिन त नयाँ ठाउमा जादैछस । त्यसैले अलमल हुने होस की भनेर मात्र । नचिनेका मान्छे धेरै हुन्छन, चिनेको व्यक्ति भनेर पूरै विश्वास गर्नुअघि धेरैपटक सोच्नुपर्छ ।
उनले मेरो पढाई र भविस्य बाहेकको विषयमा यतिनै भनिन ।
त्यही बेलादेखि आमाको नजिकै बसेर, काखमा सुतेर, उनको शरीर सुम्सुम्याउदै उनले गरेका कुरा आजसम्म सुनेकी छैन । मैले पुन उनलाई नमिठोगरी सम्झिएँ ।
आमालाई सम्झिदाँ मलाई फूलमायाको याद आयो ।
जिल्ला घुम्दै जादाँ लिखु खोलाको तिरमा भेटिएकी फूलमाया । उसले बसालेको संसार, तीन छोरा छोरीकी एक्ली आमा । आर्मी व्यारेक संगै राखेको चिया पसल, त्यँही पाएको उपहार रहेछन तीन सन्तान ।
मेरो घरमा जस्तै फुलमायाकोमा पनि बच्चाको बाबु देखिनँ । आमालाई कहिल्यै बाबुका बारेमा नसोधेकी मैले फूलमायालाई सोधेँ ।
यी छोरा छोरी कस्का हुन?
मेरा, (उ गर्व गरेर भन्छे ।) मैले जन्माए, मैले हुर्काए । हरेक आवास्यक्ताहरु मैले पुरा गर्नुपर्छ । ८ बर्ष देखि १२ बर्ष सम्मका तीन छोराछोरी पछि उनीहरुका बाबुहरु त्यहाँबाट व्यारेक सरेछन । अहिले सम्म फर्किएनन ।
फूलमायाले जुठो ग्लास माझ्दै भनिन ‘उनीहरु आउनु र नआउनुको अर्थ हुदैन । मलाई आवास्यक्ता पनि छैन । छोराछोरीलाई बाबु पल्टन सरेका छन भन्दिन्छु । पल्टनमा त जे पनि हुन्छ नी । त्यस्तै भयो ।’
फूलमायाले त्यही ठाँउमा चियापसल राखेकी थिइन । बाटोमा ओहोर दोहोर गर्नेहरुका लागि विसउनी बनेको छ । हामीलेपनि घुम्दै जादाँ चिया पसलसंगै फूलमायालाई भेटेका थियौ ।
लिखु खोलामा माछा मार्दे विहान बेलुकाको छाक पुर्याउनु दुई छोराको दैनिकी हो । छोरी सानै थिई । साथीहरुलाई छोडेर तीन दिन सम्म लिखुकै किनारमा बसेँ ।
मलाई रमाउनु थियो । म जस्तै, बाबु विनाका, फूलमायाले जन्माएका सन्तानका बारेमा जान्नु थियो । तीन दिनसम्म उनको पसलमा बसेपछि फूलमाया क्रमश खुल्दै गइन । जसरी आर्मी उनको पसलमा आउदाँ खुल्थीन ।
मैले उनलाई सोधेँ, छोरा छोरी कसरी जन्मिए? अनि कसका हुन?
उनले अप्ठ्यारो नमानी भनिन । ‘व्यारेक वालाकै हुन, तर कुनका हुन भनेर भन्न सक्दिन । एक जनाका हुन भनेर अर्कोलाई अन्याय गर्दिन । एकैरात धेरैजनासंग बिताएकी थिएँ । त्यस मध्यनै कसैको हुनुपर्छ ।’
फेरि सोधेँ, तपाई त्यसबेला खुसी हुनुहुन्थ्यो?
‘हो, उनीहरुलाई जतिकै आनन्द मलाई पनि आएको थियो ।’ उनको अनुहारमा कुनै ग्लानि थिएन । निस्फिक्री भन्दै थिइन, ‘उनीहरुलेनै पहिलोपटक मेरो चियापसल बनाईदिएका हुन । चाहिने सामान पनि उनीहरुलेनै जोडिदिए । तीनीहरु नभएका भए न मायालु छोराछोरी पाउथेँ, न यो चियापसल ।’ उनले खिस्स हाँस्दै भनिन ।
एक पटक आफैलाई सम्झिएँ । संयोग जु¥यो भने यी बालबालिकालेपनि कुनैदिन मैलेजस्तै पत्रिकामा आफ्ना बाबुको नाम र तस्वीर हेर्नुपर्ने छ ।
३ महिना अघि देखि झोलामा जतनले राखेको त्यही पत्रिका निकालेर हेरेँ । बाबुको तस्वीर सहितको समाचार थियो । मैले कहिल्यै कल्पना सम्म गर्न नसकेको मेरो बाबुको अनुहार पनि त्यही पत्रिकामा देखेकी थिएँ ।
बेलायतमा बसेर पढ्दै गरेकी मैले क्याम्पस टप गरेपछि मात्र थाहापाएँ, मेरा बाबुका बारेमा । आमा मनकी रोगी रहिछन्, उनको मृत्यु होइन आत्महत्या रहेछ । त्यो पत्रकार जसले मैले जिन्दगीभरि थाहा नपाएको आफ्नै कटु यथार्थ पत्रिकाको पहिलो पृष्ठमा बाबुको तस्वीर सहित छापीदियो । त्यसपछि छताछुल्ल भएर हिडेकी म फूलमायाका सन्तान देखेपछि अर्को एकपटक चिसिएँ ।
त्यही समाचार पढेपछि कहिल्यै खुलेर हाँस्न नसकेकी आफ्नी आमालाई सम्झिएँ । उनी किन खुलेर हास्दिनथिन ? सायद मैले उनको अनुहार पढ्ने कोसीस गरिन । यो पत्रकारको जतिपनि ।
उनीभित्रका धेरै विषय बुझ्ने कोसीस गरिनँ । मैले एसएलसी दिएको बर्ष आमाले धेरैपटक उनको कोठामा बोलाएर केही नभनी फर्काएकी थिइन । सायद कोठामा बोलाउनुको कारण भन्न कर गरेको भए आमाले अवस्य भन्थिन होला ।
उनलाई छोड्दा १६ बर्षकी किशोरी थिएँ । त्यसबेला सम्म पनि बाबुका बारेमा बुझ्न खोजिन र आमाले पनि भनिनन । नत्र यति धेरै विछिप्न हुुनुपर्ने थिएन । २६ बर्षकी म बाबुको खोजीमा छु । (डायरीमा पोखिइरहेँ ।)
विगत दिक्क लाग्दो छ । (डायरी बन्द गरेँ ।)
घर भित्र छिरेर आमाको दराज खोलेँ । आमालेपनि पहिले यसैगरी डायरी लेख्ने गर्थिन । दराजभरि, खातै खात डायरी हेरेँ ।
आफैलाई चिन्नु थियो । त्यसैले आमाको दराजमा पुराना डायरी खोजेँ । ठूलो मोटो डायरी, डायरीको सुरुमै झरनाको दृस्यसंगै अस्पष्ट व्यक्तिको छायाँ जस्तै तस्वीर थियो । तस्वीर नजिकै एउटा चिर्कटोमा लेखिएको थियो ‘म छोरी चाहन्छु ।’
अर्को पन्नामा आमा रुदै गरेको तस्वीर रहेछ, तस्वीरको तल केही खाली ठाउ छोडिएको । पन्ना पल्टाउदै गएँ, डायरीको माथिनै लेखेको थियो,
‘प्रेममा बलात्कार र युद्धमा अन्तरघात अस्वीकार्य हुन्छ ।’
आमाको डायरीमा कालो मसीले यसरी लेखिएको थियो । ‘२२ बर्षकी मैले प्रेम गरँे, त्यहीप्रेमीबाट बलात्कार भएकी अभागी युवती हुँ । उसलाई माया गरिरहँे, तर माफ गर्न सकिनँ ।’ त्यसपछि अस्पष्ट अक्षर, बुझ्नै गाह्रो भयो ।
आमाको डायरी हेरेपछि पत्रिकामा छापिएको समाचार पुनः एकपटक पढेँ । त्यो पत्रकार प्रति केही विश्वास लाग्यो । अब उसलाई भेटेर सम्पूर्ण कुरा बुझ्नु थियो ।
पुनः दराज खोलेँ आमाको हस्ताक्षर भएको खाम रहेछ ।
उनले मलाईनै संबोधन गर्दै लेखेकी रहिछन् ।
नानी सक्छेस भने मलाई माफ गर । तलाई बाबुको मायाबाट बञ्चित गरेँ । म उसलाई स्वीकारर्न सक्दिनथेँ र तलाई भन्न पनि ।
मैले सहास र विद्रोह गरेर तलाइ जन्माएँ, तर पनि समाजमा टिक्ट धेरै गाह्रो छ ।
त सानै थिइस त्यसैले बाचेकी थिए । अब तँ पनि सक्षम भइसकेकी छस ।
धेरै अघिदेखिनै जीन्दगी बोझ लाग्न थालिसकेको थियो । गर्भमा त छस भन्ने थाहापाएपछि आत्महत्या गर्दा अर्कौ हत्या हुने ठानेर बाचेकी थिए । अब बाच्ने रहर पनि छैन । तेरो पलनपोषण देखि सम्पूर्ण खर्चको व्यवस्था गरीसकेकी छु ।
तेरोबाबु कुनै बलात्कारी पुरुष हो । उ आजै छुट्दै छ रे । उ र म एउटै खुल्ला आकाश मुनी बस्न सक्दैनौ । त्यसैले कायरहरुले रोज्ने सहासीक बाटो आत्महत्यालाई नै स्वीकारे ।
तैले अहिलेसम्म नदेखेको तेरो बाबुलाई भेट्न चाहन्छेस भने त्यसमा पनि मेरो विमती रहने छैन ।
आमाले यतीनै लेखेकी रहिछन् ।
बाबु भेट्ने चाहनाले त्यही पत्रकार खोज्न थालेँ । दुइदिन पछि उससंग भेट भयो ।
उससंग मैले बाबु भेट्ने चाहना व्यक्त गरेँ ।
कसरी भयो यो सब? मैले फूलमायालाई सोधे झै उसलेपनि मलाई सवाल गर्न थाल्यो ।
विरामी आमालाई छोडेर विदेश हानिएँ । उनको मृत्युको खबर मैले पढ्ैगरेको क्याम्पसमा पाएकी थिएँ । मृत्यु अघि लेखिएको डायरीमा नेपाल नफर्कनु भन्ने इच्छा व्यक्त गरिएको आमाको हस्ताक्षर सहितको पत्र स्क्यान गरेर मामाले पठाएको इमेल मार्फत पाएँ । आमाकै इच्छा अनुशार कहिल्यै नेपाल नफर्कने सोचमा थिए ।
बोल्दै गर्दा बीचैमा रोकेर सोध्यो, तपाई, बाबु भेट्न चाहनुहुन्छ ?
‘हो’ को संकेत गर्दै मैले टाउको हल्लाएँ ।
उसले मोटरसाईकल स्टाट ग¥यो । म चुपचाप उसको पछाडी बसेँ ।
टिनले छाएको, टिनकै ढोका भएको सानो घरमा पुगेर ढकढकायो । तिलचामले भएपनि झ्याप्प दाह्री पालेको, बर्को ओढेको बुढो मान्छे बाहिर निस्कियो र एकतमासले हेर्न थाल्यो ।
पत्रकार चुपचाप थियो, तर उसका आखाँ बोलिरहेझै गतिशील थिए ।
सानो स्वरले भन्यो । तपाईको चाहना पुरा गर्न सकेँ ।
त्यसो भन्ने साथ त्यो बुढो ठूलो स्वरमा चिच्यायो, इना भन्दै गल्याम्म अंगालो हाल्यो र रुन थाल्यो ।
बर्षौ बोल्न नपाएझै चिच्याउदै बोल्यो । मैले तिम्रि आमालाई बलात्कार गरेँ र जिन्दगीभरि पिडा दिइरहेँ । त्यही पश्चतापको आगोँमा जलेको छँु । उनीसंग माफ माग्न लायक थिइन र आट गरिनँ । म जेलबाट छुटेको थाहापाएकै दिन उनले आत्महत्या गरिछन् । उनले आत्महत्या गर्ने थाह पाएको भए म जेलबाहिर आउने नै थिइन । भक्कानिदै उनी रोइरहे ।
आमाले उनको अंगालोमा कहिल्यै यति न्यायोपनको महसुस गरिन गरिनन । तर म आनन्द मान्दै मेरो बलात्कारी बाबुको अंगालोमा सुकसुकाउन थालेँ ।

मेरी छोरी


‘ममता ए ममता छोरी मेरी पनि हो । मैलेपनि मायाँ गर्न पाउनुपर्छ ।’ निमेशले एक दिन फोनमा भनेको थियो । चुपचाप फोन राखेँ । उसलाई कहिल्यै सम्ँझन मन लाग्दैन । तर उसको नराम्रो होस भन्ने चाहना कहिल्यै भएन् ।
सृष्टि मेरो काखमा खेलिईरहेकी थिई । पाँच बर्षकी भई छोरी । सृष्टिलाई जन्माउनका लागि मैले परिवार देखि समाजसंग गर्नुपरेको संघर्ष सम्झिएँ । ‘त्यसबेला निमेशले साथ दिएको भए !’ मन भक्कानिन्छ । 
‘तर अब कसैको आश गर्नेवाला छैन । एक्लै बाच्न सिकेकी छु । कष्टका दिनहरुमा पनि सुखले हुर्काएकी थिएँ सृष्टिलाई । म एक्ली अविवाहित किशोरीले जन्माएको छोरी ।’ 
सृष्टि जन्मिएपछि कम्जोर बनेर कहिल्यै रोएकी छैन । 
हामी आईए पढ्दै गर्दा निमेशसंगको सम्बन्ध सम्झिएँ । सम्झना लायक त्यो क्षण । पानी परिसकेको आकाश जतिको उज्यालो थियो । त्यो खोला, पहाड र पर्वतमा घुमेको । दुःख कस्तो हुन्छ? किशोराबस्था, जीन्दगी बुझेकै थिईन । लहडै लहडमा हाम्रो सम्बन्धको परिचय बनिई सृष्टि । मेरो गर्भ रहेको थाहापाएपछि हराएको निमेश करिब ६ बर्षपछि सम्पर्कका आयो । छोरी दाबी गर्दै । 
सृष्टि उसकीपनि छोरी हो रे । मन मननै अट्टाहास भयो । ‘के सम्झन्छ हँ निमेशले आफूलाई?’ छ बर्ष सम्म नचाहिएकी छोरी अहिले उसकी हो रे । उसलाई छोरी जन्माएर हुर्काउदा कस्तो हुन्छ थाहा छैन । छोरीलाई दिईने मायाँ? तर पाचँ बर्षकी भएपछि छोरी चाहियो रे । 
सृष्टि जन्मिएपछि नै मैले विए र एम ए पास गरेँ । त्यसबेलाको दुःख सम्झदा अहिलेपनि अत्यास लाग्छ । समाजले गरेको अपहेलना र परिवारले गरेको वेवास्ता । तर मैले कहिल्यै हार्नु परेन, अरुले जस्तो सोचेपनि छोरी मेरो साथमा थीई । 
निमेशले आज फेरि फोन ग¥यो । मलाई भेट्ने रे । मैले भनिदिए खास कामै छैन । अफिसको कामलेपनि भ्याई नभ्याई छ । अहिले त म भेट्न भ्याउदिन । उसलाई टारेँ । 
हाम्रो सम्बन्धको कारण परिवार समाजसंग डराएर भागेको थियो ऊ । 
मैले उससंग कुनैदिन पनि भेट्ने चाहना राखिन । उसलाई भेटेर म दुखि हुन चाहान्नथेँ । 
फेरि सम्झिएँ ‘मैले नभेट्दा उ पनि दुखी हुन्छ नी? 
तर उसले त मेरो दुःख बुझेन ।’ 
ऊ प्रतिको माया कतिपनि कम भएको रहेनछ । निमेशको फोन आउनासाथ मनमा त्यतीकै उत्साह हुन्थ्यो । 

ॐ ॐ ॐ ॐ ॐ

कौशीमा बसेर ईन्टरनेट चलाउदै थिए । सृष्टि कार्टुन हेर्नमै मस्त थिई । होमवर्क सकेपछि दिनमा एक घण्टा कार्टुन हेर्ने छुट छ उसलाई ।
गेटको घण्टी बज्यो । म जुरुक्क उठेँ र गेट खोलेँ । कताकता परिचित अनुहार मेरो अगाडी थियो । ठ्याक्कै ठम्याउन हम्मे हम्मे प¥यो । ऊ मेरो अगाडी घोप्टेमुन्टो लगाएर बसेको थियो । ठूलो मोटो ज्यान, उत्तिकै प्रिय र कुलुक्क परेको अनुहार । 
एक छिनको मौनता पछि सोधेँ ‘तिमी निमेश हैन ।’
‘हो’ उसले मुसुक्क हाँस्दै भन्यो ।
‘किन आएको त?’ मैले गेट भित्रैबाट भने । 
‘किन आउनु हुदैन र?’ उ निन्याउरो बन्यो ।
‘हुदैन भनेकै छैन, तर किन आएको भनेर सोधेको ।’ अलि रुखो देखिएँ । उसलाई देख्नेसाथ मेरो मुटुको धड्कन बढ्यो, मन भित्रै आगो बलेजसरी उम्लियो । अनुहार पनि रापिलो भयो । 
उ चुपचाप भित्र छि¥यो । उसलाई कोठामा नलगी बगैचामा लगेँ । फेरि सोधे ‘किन आएको यहाँ?’
 उसले कुरा छल्दै भन्यो । ‘यो कस्को घर हो?’
‘मेरो घर । किन?’
‘साह्रै राम्रो रहेछ त्यसैले ।’
‘हाम्रो परिवार पनि राम्रो छ ।’ उ झस्कियो । 
‘छोरी र म । हामी सुखी छौ ।’ मुस्कुराउदै भनेँ । 
‘कस्की छोरी’ लाजपचाउदै सोध्योे । 
उ चाहान्थ्यो होला हाम्री छोरी भनोस । तर म चाहन्नथेँ । भनेँ मेरी छोरी ।
‘छोरीसंग भेटगराउदिनौ?’  
गर्भ रहेको थाहा पाएको दिन निमेशले भनेको सम्झिएँ । गर्भपतन गराउन पटक पटक दिएको दबाब सम्झिएँ ।  मैले विस्तारी भनेँ ‘यो उसको कार्टुन हेर्ने समय हो ।’ 
उसले खिस्याउदै भन्यो ‘आफूत रुटिनमा चल्थ्यौ, छोरीलाई पनि त्यही बानी लगायौ ?’ 
‘मैले लगाएको होईन आफै लागेको बानी हो यो ।’ 
समय चुपचाप भयो । दुबैको मौनतालाई तोड्दै निमेशले माफी माग्दै भन्यो । ‘खानदानी परम्परा र आफ्नो पढाईका कारण छोरी स्वीकार गर्न सकिन । तर अब हामी संगै बस्नुपर्छ । निमेशले फेरि छोरी आफ्नो भएको दाबी ग¥यो ।’ 
‘तिमिले भनेझै हामीले गर्भपतन गराएको भए? छोरी हाम्री हुन्थी? छोरीले धर्तीमा टेक्नु अगावै मनमनमै छोरीको हत्या गरिसकेका छौ । यदि तिम्रै जसरी म पनि छ बर्षपछि आएर हामी संगै बसौ भनेको भए तिम्रो खानदानले स्वीकार गथ्र्यो?’ मैले एक सासमाभनेँ । 
निमेश चुपचाप उठेर हिड्यो । 

ॐ ॐ ॐ ॐ ॐ

छोरीको परिक्षा पछि केही दिनका लागि म अफिस विदा लिएर बसेकी थिए । त्यसैबेला केही व्यक्तिहरु सहित निमेशले फेरि मेरो घरको गेटमा घण्टी बजायो । गेट खोलेँ । छोरी साथीहरुसंग बगैचामा खेलिरहेकी थिई । मैले उनीहरुलाई सरासर भित्र कोठामा लगेँ । 
‘फेरि किन आएको?’
‘छोरीलाई भेट्न ।’
चाहान्छौ भने भेटाउँछु । तर मलाई जस्तो फेरि छोरीलाई दुःख लाग्ने कुरा ग¥यौ भने सह्य हुने छैन । बोल्दै गर्दा बीचैमा रोकेर उसले भन्यौ ‘छोरी मेरी पनि हो । उ प्रति जति अधिकार तिम्रो छ त्यतीनै छ मलाई पनि ।’ 
निमेशले छोरीप्रति आफ्नो माया, स्नेह भन्दापनि अधिकारको कुरा गरेको सुनेर  धिकार लाग्यो । चुपचाप फर्किएको ऊ पुन आउदा छोरीको मायाले तान्यो होला जस्तो लागेको थियो । तर होइन रहेछ । माया केहो उसले अझै बुझेको रहेनछ । म भित्र भित्रै पि¥िहएँ । छोरीलाई १० महिनासम्म गर्भमा बोकेर जन्माउने म, हुर्काउने म, बच्चा जन्माएकै कारण समाजको अपहेलना खेप्नुपर्ने मैले । अनि छोरी माथि बराबर हकदार भएको दाबी गर्ने?
‘म छोरीका खुसीको लागि जे पनि गर्न सक्छु, तर तिम्रो चाहानामा हैन ।’ 
सरासर छोरी दाबी गरेको सुनेर मलाई उसको कठालोमा समातेर बाहिर निकाल्न मन लाग्यो । तर केही गरिनँ । 
सम्झिएँ पिपलबोट मुनीकी कान्छीलाई । खुल्ला आकाश मुनी पिपलको फेदमा बस्ने कान्छीले ५ जना छोरा छोरी जन्माएकी थिई । क्याम्पस जाँदा आउँदा हामी खिस्याउदै भन्थ्यौ, एक्लै यत्रा छोराछोरी जन्माउने कान्छी शक्तिशाली छ । उसका ती छोराछोरीलाई कसैले दाबी गर्न आएनन । 
मैले स्पष्ट भनेँ, निमेश, तिमीले यो छोरी आफ्नी हो भनेर दाबी गर्दै छौ? एक थोपा विर्यकै आधारमा यो छोरी तिम्रि हुन्छे भने, बैशको आवेगमा शहरका होटल होटलमा चुहाएको विर्यबाट जन्मिएका सन्तानहरु खोज । जो अहिलेपनि गल्ली गल्लीमा हात थाप्दै हिडेका छन् । खान नपाएर भोक भोकै सडक पेटीमा सुतिरहेका छन् । पैशा संगै अनुहार फेरेर बैश विछ्याउदा हरेक कुरा बिर्सियौ तर अब सन्तानको चाहाना भयो? म बोल्दै थिए । छोरी माम्मु भन्दै फूत्त कोठामा पसी ।
छोरीलाई देखेपछि निमेशले हसिँलो मुख लगाएर बोलायो । छोरीले सोधी माम्मु उहाँ को हो? म बोल्न नपाउदै निमेशले भन्यो । नान्नु म तिम्रो बाबा । झोलाभरि ल्याएको सामान निकाल्दै भन्यो हेर मैले तीमिलाई कति धेरै खेल्नेकुरा ल्याएको छु । अनि कपडा पनि । 
खेल्नेकुरा देखेपछि छोरी उत्साहीत हुदै गई । म चुपचाप थिएँ । निमेशले फकाउन थाल्यो । म तिम्रो बाबु हँ भन्ने कुरा पटक पटक दोहो¥यायो । तर छोरी उसको कुराको वेवास्ता गर्दे खेल्नेकुरासंग रमाईरही । अनि हातभरि खेल्नेकुरा लिएर काखमा बस्न आई ।  
मेरो काखकी छोरीलाई तान्दै निमेशले भन्यो, ‘नानु म तिम्रो बाबा ।’ 
उसले धेरै बेर मेरो मुखमा हेरिरही । अवाक थिएँ । केही बोल्न सकिरहेकी थिईन । उ पनि चुपचाप मेरो छातीमा टाँसिएर बसीरहेकी थिई । 
निमेशले फेरि भन्यो  ‘नानु म तिम्रो बाबा ।’ 
‘हैन मेलो बाबा पनि माम्मुनै हो । मेलो अलु बाबा छैन ।’ तोते बोल्ने छोरीले निर्धक्क साथ भनी र मेरो काखमा बसीरही । 
मेरो ज्यूने आधार नै छोरी हो । उसलाई बुबाको महसुस नहोस भनेर प्रयत्नरत रहन्थेँ । तर कहिल्यै मनैे तेरो बुबा पनि हो भनेर भनीन । साथीको बाबुआमा संगै देख्दा कहिलेकाही छोरीले सोध्ने गर्थी मामु मेरो बाबा कहाँ हुनुहुन्छ? म अवाक बन्थेँ । सृष्टिलाई अहिलेनै सम्पूर्ण कुरा भन्न सक्दिन थेँ । ५ बर्र्षीया छोरीलाई यी सबै कुरा भन्नुको अर्थपनि हुदैनथ्यो । छोरी बुझ्ने भएपछि यथार्थ लुकाउदिन थेँ । तर मैले केही नभनेपनि यो अबोध बालिकाले कसरी प्रतिकार गर्न सकी? म सोच्दै थिएँ ।
निमेश उठेर घर बाहिर निस्कियो । बाहिर हेरँे डाडामाथि अस्ताउन लागेका रातो घामलाई बादलले छेकेको थियो । 

ओखलढुडगा
हालः काठमाडौ