Friday, May 24, 2013

गजल

पिडायुक्त जिन्दगीको भोक छैन आजभोली
रित्तै भा‘छन् बस्तीहरु शोक छैन आनभोली

वसन्तको हरीयालीसाथ सुस्ताउने चौतारीमा
संगीसंग बस्दै हा“स्ने जोक छैन आजभोली

हराका’छन् भावना र मानवताका नाताहरु
आफन्तलाई भेट्नेकुनै चोक छैन आजभोली

कलम बोक्नुपर्ने हातमा वन्दुक बोकेपछि
गोली बारुद नबोकिने लोक छैन आजभोली

मन्दिर कुर्ने भगवानले चोक धाउन थालेपछि
पुजारीलाई डिस्को जान रोक छैन आजभोली

क्रिसमसमा पोखरा र म

प्रिय इलिया ।
म पानी बन्न सकिन । हिमाल र पहाडको आकृति उतार्दै निश्छल बग्न सकिन । भाडाको रङ्ग र आकृतिलाइ पछ्याउदै अरुले खनेको खाल्डोमा जम्न सक्दिन । आफ्नै पइला मेट्दै हिड्न सक्दिन ।
हरेक रङ्गको भाडोमा मिलेर आकृति बदल्न सकिन । म पानी बन्न सकिन त्यसैले त तिम्रो चाहनाको संसारमा रम्न सकिन ।
फेवातालको बीचमा छु ।
बीचबाट मैले देख्ने पहाड र हिमालको दृश्य, तिमीले सोचेको भन्दा उत्कृष्ट हुनुपर्छ । तिमीले पढ्ने पुस्तक र हेर्ने तस्विरले यो सुन्दरतालाई पूर्ण कैद गर्न सक्दैन होला । पातले छाँगोबाट पानीको बाफसंगै उडेको हावा हिमालको काख हुदै टुप्पोमा स्पर्श गरेर बजार डुल्न आइपुग्छ । शब्दमा बुनिएको सुन्दरतामा नै आनन्द प्राप्तगर्नेहरुका लागि यो स्वर्गीय आनन्द भन्दा कम छैन ।

Thursday, May 23, 2013

शून्य सपना

                                                                                                                        



आज जिन्दगीको अन्तिम दिन हो ।
विहानै उठेँ । छतमा गएर घर वरिपरि हेरेँ, मर्निङवाक गएँ । साथीहरुलाई उसैगरी भेटेँ । हिजो भन्दा खास्सै परिर्वतन थिएनन ।
तर मलाई अनौठो लागिरहेको थियो । ‘यो पृथ्वीमा अन्तिम दिन । अब जम्मा १३ घण्टामात्र बस्छु । त्यसपछि जिन्दगीको स्वेच्छिक अबकास ।’
‘मान्छेले आफू बाच्नका लागि अपराध गर्छ, अर्काको हत्या गर्छ, चोरी डकैती, ठगी... तर किन ?’ मनमनमा सोच्दै थिएँ ।
दोबाटो आएछ ।
साथीहरुसंग हाँस्दै छुट्टिएर एक्लै ओरालो लागेँ ।
पुराना स्मृतिहरु वरिपरि घेरिएका थिए । नजिकै आरुको बोट रहेछ । गुलावी फुलेको आरु । ‘कति सुन्दर यो फूल । बढीमा एक हप्ता त बाच्छ नी ।’
‘म त करिब तीन दशक बाँचिसकेकी छु । फूललाई एक हप्तामा ओइलाउन डर लाग्दैन भने मलाई ३०को दशकमा हराउन के को डर ?’