tag:blogger.com,1999:blog-9185025666699059862024-03-06T12:01:00.040-08:00Saloja's Wordsसलेाजा, सृजना, रचना र समाचारAnonymoushttp://www.blogger.com/profile/04324412144946782824noreply@blogger.comBlogger10125tag:blogger.com,1999:blog-918502566669905986.post-68519001875280868992013-06-18T20:39:00.000-07:002013-07-04T08:01:45.408-07:00शहरमा म
सलोजा
‘सबैभन्दा बढी प्रेम कसलाई गर्छौ ?’
‘म आफैलाई गर्छु ।’
‘मलाई ?’
‘म आफूलाई भन्दा बढी प्रेम कसरी अरुलाई गर्न सक्छु र ?’
‘तिमी निर्दयी भएको ?’
‘मैले सत्य बोल्दा निर्दयी भन्ने ठान्छौ भने त्यो पनि मलाई स्वीकार्य छ ।’ उसले एकोहोरो मेरो अनुहारमा हेरिरह्यो, एकैछिन दुबै हातले आफ्नै आँखा छोप्यो । आकास हे¥यो र चुपचाप बाहिर निस्कियो ।
क्याम्पसको चौरबाट गेट हुदै बाहिर निस्कदै गर्दासम्म देखेकी थिएँ । त्यसपछि आजसम्म उसको आभाष सम्म पाएकी छैन ।
अन्तिम पटक निस्किएको गेटमा घण्टौ कुरेर बस्छु । त्यो चौरमा विहानदेखि साँझसम्म डुल्छु । हामी घुम्ने पार्क, गल्ली र चिया पसलमा पनि सयौपटक गइसकेकी छु । तर कतै भेटिएन ।
खै उसले विर्सियो की ? तर यी गल्लीहरुले विर्सिएका छैनन ।
विहान सुर्यसंग विउझन विर्सिएको यो शहरलाई झकझकाउनेहरु चन्द्रमा नहराउदै शहर घुम्न थाल्छन् । तर शहर विउझन कन्जुस गर्छ ।
यो कन्जुस शहर ।
मर्निङवाक गर्दै खुल्ला मञ्चमा पुगेर विहानै शहर घुम्न निस्किएकी छु । कोलाहल व्यूझनु अघि शहर डुल्नुको रमाइलो π
तर एक्लै । उफ..
‘चिसो र धुवा, धुलोले ढाकिएको शहर घुम्नु मेरो मात्र होइन धेरैको नियति हो ।’
बिहानैदेखि झरी परेको छ । यो झरीमा भिज्नु मेरो शोख हो । आमाले देखिन भने गाली गर्छिन । अहिलेपनि पिट्न पछि पर्दिनन ।
अविरल π
उसलाई पनि मन पर्छ सिमसिमे पानीमा भिज्न ।
खुल्ला मञ्चबाट शान्तिबाटिका हुदै अघि बढ्दै थिएँ । एक जना महिलाले झपारिन । ‘आँखा छैनन ? बाटोमा हेरेर हिड्नु नी ।’
त्यसबेला झसंग भएँ । अविरलसंग हात समाएर पानीमा भिज्दै गरेको कल्पनामा डुब्दै रहेँछु ।
हुनत अब आस पनि छैन । एमआरपी बनाएर विदेशिन उसको शोख थियो । त्यही शोख हाम्रो सम्बन्धको बीचमा तगारो बनेर आयो ।
विदेश पसेर कमाउने र संगै बसेर रमाउने भन्दै कोरियाका लागि लागेको भिस्सा ल्याएर खुसी हुदै देखाएको थियो । भिस्सा लागेको दिन उ जती खुसी थियो, त्यो भन्दा बढी दुखी थिए म ।
चिया पसलमा बस्दै गर्दा भन्यो ‘मेरी आमा र तिमी एकै प्रकारले सोच्छौ । उनी पनि खुसी छैनन । दुख गरेर भएपनि संगै बस्नुपर्छ भन्छिन । तिमीपनि । मेरो लागिमात्र होइन, हाम्रो लागि म तिमीहरुलाई केही समय छोडेर जादै छु । फर्किएर आउछु ।’
सम्झाउदा पनि नलाग्ने भएपछि म चुपचाप बसेँ । उसकी आमा पनि यसैगरी दिक्क भएकी हेलिन ।
उ हिड्यो ।
फर्किएन ।
समय वित्यो । सोचाइ र चाहनाहरु फेरिए ।
विगत ओझेल पर्न थालेको थियो ।
विद्यालय जान थालेपछि खोरियामा गाइ बाख्रा चराउदै गाँउमा भाडाकुटी खेल्ने साथीहरु छुटे ।
क्याम्पस पढ्न आउदा विद्यालयमा रमाउने धेरै साथीहरु हराए ।
जागिर खान थालेपछि क्याम्पस पढ्दा मिल्ने साथीहरु ओझेल पर्न थाले । र समय अनुसार नयाँ नयाँ मित्रता थपियो ।
तर रत्नपार्क जस्ताको तस्तै छ ।
पहिलोपटक क्याम्पस पढ्न आउदा पनि यहाँ अहिले जस्तै भीड थियो । मान्छेहरु उतिकै हतारिएका हुन्थे । सुकिलादेखि मैलो धैलो र माग्नेहरु समेत ।
विहान बेलुका रत्नपार्कको बाटो काट्नु मेरो दैनिकी हो ।
यो मान्छेको घुइचो र भीडभाड, फूटपाथ पसल, माग्नेहरुको कोलाहल । सबै सधै । कति वास्ता गर्नु । बुझ्न खोजेर पनि साध्य छैन ।
भर्खरै गाउँबाट आएकी मेरी साथीले माग्नेहरुलाई देखेपछि पैशा निकाली र बाड्न थाली । बालबालिकाहरु हतारिदै आए । उसको खुट्टा समाएरै अरुको भन्दा आफ्नो भागमा बढी पैशा थाप्न चाहन्थे । बुढाबुढीहरु हात पसार्दै थिए । त्यो माग्नेहरुका भीडमा एक जना महिला शान्त भएर बसिरहीन ।
सुन्निएको आँखा, कलेटी परेको ओठ, नाङ्गै खुट्टा, मैलो कपडा र धेरै दिनदेखि नकोरेको जस्तो देखिने कपाल ।
अरुको जसरी हात थापेर मागिनन् ।
एकै जनाले पाचँ ठाँउमा झोला राखेर माग्नेहरुको भीडमा उनी किन शान्त भएर बसिन ? ती महिलाको शान्त व्यवहारले मेरो ध्यान खिच्यो । मनमा खुलदूली भयो ।
अर्को दिन त्यही बाटो हुदै गएँ ।
उस्तै गरी बसेकी । चुपचाप थिइन ।
एक हुल क्याम्पस पढ्ने केटाहरु आए । टोलाएर हेरिरहीन र आँखा पुछिन ।
उनको अनुहार कता कता देखे झै लाग्यो । ठम्याउन सकिनँ ।
अफिस पुग्दापनि छटपटी भइरह्यो ।
भोली पल्ट माग्नेहरुको भीडमा थिइनन उनी ।
धेरै दिनपछि रत्नपार्कमा डाँको छोडेर रुदै गरेको देखेँ ।
‘मेरो जुन कहाँ छ ? हराउन सक्दैन ऊ । मलाई छोडेर कतै जानपनि सक्दैन । बुढेसकालको साहरा बन्छु भनेको छ ।’
उनी एकोहोरो कराइ रहीन ।
पानी परेको छ ।
उनी मेरी आफन्त होइनन । ठ्याक्कै चिने झैपनि लाग्दैन । तर तीनिप्रति कता कता आत्मीयभाव आइरह्यो । छाता ओढेकी मेरो शरीरको आधा भाग भिजेको छ । उनी निथ्रुकै छिन ।
बार नघ्दै उनको नजिकै गएर सोधेँ ।
‘को हरायो ?’
उनलाई नजिकबाट नियालेँ । पानीले निथ्रुक भिजेको शरीर भन्दा बढी आँखाहरु पैडिदै थिए ।
हातमा लेमिनेसन गरेको एउटा पन्ना देखाउदै भनिन । ‘मेरो बाबु कहाँ भिज्दै होला ।’ फोटो हेरिन र उसै गरी रुइन ।
अविरलको फोटो रहेछ ।
धेरै बर्षपछि ताजा बनेर यादमा आयो ।
उनलाई अंगालो हालेँ । अझ ठूलो स्वरमा रुदै भनिन ।
‘क्याम्पस पढ्दै थियो । दुख गरेरै भएपनि पढाउछु भनेँ, मानेन । कमाएर तिमीलाईनै पाल्छु नी आमा भनेर हिडेको थियो । साहूसंग ऋण काडेर विदेश पठाएँ । अहिलेसम्म फर्किएर आएन ।’
उनी रुदै थिइन । उनको हात समाएर वरको चियापसल सम्म ल्याए । प्रतिकृया विहिन मेरो पछी पछी आइन ।
खाजा खान दिएँ ।
धन्न उनले कोहौ भनेर सोधिनन । नत्र के जवाफ दिन्थेँ ।
खाजा खाइसकेपछि आर्शीवाद दिदै भनिन ‘नानीको जय होस ।’
हातबाट लेमिनेशन गरेको पन्ना भुइमा झ¥यो ।
‘मेरो बाबु खस्यो ।’ डाको छोडेर रुइन ।
म न उनलाई सम्झाउन सक्थे न उनीसंगै रुन । अन्तिम पटक अविरलले मेरो अनुहार नियाले झै म उनको अनुहार नियाल्दै थिएँ ।
चिया पसल्नीले मेरो कानमा आएर भनिन ‘यो माग्ने बुढी गनाएकोले चिया खान आउनेहरु बसेनन ।’ पसलनीले अप्रत्यक्षरुपमा चियापसलबाट बाहिर जाउ भन्दै थिइन ।
कसतो सम्बेदनाहिन काठमाडौ । झम झम पानी परिरहेछ । विरामी महिला, दुखी देखिन्छिन, टाउको ओताउने ठाँउ नहुदा समेत कसैको मन पलाएन ।
ती पसलनीको अनुहार हेरेँ । उनलाई कसैको मतलब थिएन ।
एउटा मान्छे आएर चुरोट माग्यो ।
पसल्नीले चुरोट र लाइटर दिइन र बुढी आमा बसेको कुर्सी तानेर बस्न संकेत गर्दै चिया पकाउन थालीन ।
मनमनमा सोचेँ । हुनत यसैगरी बन्छ शहर । नत्र कसरी बाच्छन मान्छे यो महंगी र कोलाहलमा ।
ती बुढी आमालाई उसैगरी डो¥याउदै म चियापसलबाट बाहिर निस्किएँ ।
अविरल र उनकी आमा भन्दा अरु कोही छैन भन्ने थाहा थियो । तरपनि सोधेँ ‘घरमा को को हुनुहुन्छ ?’
बाटो काट्दै थियौ । मेरो हातमा दह्रोगरी समाउदै भनिन । ‘घरबार सबै साहूले लग्यो । मसंग बाँकी केही छैन ।’
एक पटक फोटो हेरिन । ‘मेरो बाबु π ज्यूदो छ की ..... ।’ उनी त्यही बेहोस भइन ।
म टोलाउन थालेँ ।
राष्ट्रपतिको सवारी छ भन्दै प्रहरी बाटो खाँली गर्न आयो । उनी अचेत लडीरहिन । प्रहरीले बाटो खाँली गरायो ।
उनलाई कहाँ लिएर जानु ? बेहोस बुढी आमालाई नचिनेझै उभिइरहेँ ।
उनका आफन्तहरु खोजे झै देखिन्थ्यो प्रहरी, एकै छिनमा तीन जना मान्छे आए र उठाएर लगे ।
समय निरिह या म ?
फेरि उही रत्नपार्कको बाटो हुदै हिडेँ ।
पानी अझै बढेको थियो ।
त्यसपछि उनलाई पनि आजसम्म देखेकी छैन ।
ऊ हराएको भन्दा उनको आमाको हालतले मलाई चिमोटेको छ ।
गाँउबाट क्याम्पस पढ्ने रहरले शहर पसेको अविरलको सपना ?
उसलाई सम्झन्छु । धेरै बर्ष पछि उसको यादले विथोल्यो । तर अन्तिम पटक पनि तिमीलाई माया गर्छु भन्न समेत सकिनँ ।
अहिले म यो रंग हराएको शहरमा छु । हरेक कृतिमतामा बाच्ने यसलाई न आफ्नो रंगको ख्याल छ । नत अरुको रंग प्रतिको विश्वास ।
म अभ्यस्त छु यो शहरसंग ।
त्यसैले हरेक दिन भेट्नु र देख्नु मात्र प्रेम हो भने झै केही समय छुट्न लागेको अविरलसंग जिन्दगीभरका लागि छुटेँ । बेहोस बुढी आमालाई बीच बाटोमा छोडेर हिडेँ ।
अब यो शहरले पनि मलाई छोड्ने छ । या मैले यो शहर ।
२०७० असार २ गते राती ११ः१७ बजे
Anonymoushttp://www.blogger.com/profile/04324412144946782824noreply@blogger.com2tag:blogger.com,1999:blog-918502566669905986.post-63494218001773827452013-06-10T08:57:00.000-07:002013-06-10T09:14:37.613-07:00गजल
फूलैले रेटेर दुख्यो रे आज ।।
आँखैमा बर्षात सुक्यो रे आज ।।
खै ! कस्ले बाँधेर गएको थियो
प्रेमको गाठो फूक्यो रे आज ।।
जवानी रहर र उमंग हैन
मनसंग मूल्य चुक्यो रे आज ।।
बेचिएछ स्वाभिमान कहिले ?
निर्दोशी शिर झुक्यो रे आज ।।
शितल शान्त आनन्द थियो
टाढाको शहर भुक्यो रे आज ।।
Anonymoushttp://www.blogger.com/profile/04324412144946782824noreply@blogger.com1tag:blogger.com,1999:blog-918502566669905986.post-38787809983793065302013-05-24T23:01:00.003-07:002013-05-24T23:01:51.839-07:00गजल
पिडायुक्त जिन्दगीको भोक छैन आजभोली
रित्तै भा‘छन् बस्तीहरु शोक छैन आनभोली
वसन्तको हरीयालीसाथ सुस्ताउने चौतारीमा
संगीसंग बस्दै हा“स्ने जोक छैन आजभोली
हराका’छन् भावना र मानवताका नाताहरु
आफन्तलाई भेट्नेकुनै चोक छैन आजभोली
कलम बोक्नुपर्ने हातमा वन्दुक बोकेपछि
गोली बारुद नबोकिने लोक छैन आजभोली
मन्दिर कुर्ने भगवानले चोक धाउन थालेपछि
पुजारीलाई डिस्को जान रोक छैन आजभोली
Anonymoushttp://www.blogger.com/profile/04324412144946782824noreply@blogger.com0tag:blogger.com,1999:blog-918502566669905986.post-17850533067206799442013-05-24T01:29:00.000-07:002013-07-04T08:08:34.096-07:00क्रिसमसमा पोखरा र म
प्रिय इलिया ।
म पानी बन्न सकिन । हिमाल र पहाडको आकृति उतार्दै निश्छल बग्न सकिन । भाडाको रङ्ग र आकृतिलाइ पछ्याउदै अरुले खनेको खाल्डोमा जम्न सक्दिन । आफ्नै पइला मेट्दै हिड्न सक्दिन ।
हरेक रङ्गको भाडोमा मिलेर आकृति बदल्न सकिन । म पानी बन्न सकिन त्यसैले त तिम्रो चाहनाको संसारमा रम्न सकिन ।
फेवातालको बीचमा छु ।
बीचबाट मैले देख्ने पहाड र हिमालको दृश्य, तिमीले सोचेको भन्दा उत्कृष्ट हुनुपर्छ । तिमीले पढ्ने पुस्तक र हेर्ने तस्विरले यो सुन्दरतालाई पूर्ण कैद गर्न सक्दैन होला । पातले छाँगोबाट पानीको बाफसंगै उडेको हावा हिमालको काख हुदै टुप्पोमा स्पर्श गरेर बजार डुल्न आइपुग्छ । शब्दमा बुनिएको सुन्दरतामा नै आनन्द प्राप्तगर्नेहरुका लागि यो स्वर्गीय आनन्द भन्दा कम छैन ।
हामी चढेको डुङ्गा चलाउदै गरेको किशोर गीत गाउनमा मस्त छ । परिश्रम गरेर नथाक्ने हात चलाए पनि, मनको रहर र सपना आँखासम्म ल्याउदै त्यही आँखाले फेवातालमा देखिएको अन्नपूर्णको छाँया हेर्छ र प्रेमगीत गाँउछ ।
टाउकोमा हिमाल बोकेर आनन्द बसेको पोखरा, त्यही हिमाललाई स्पर्श गर्दै आएको चिसो तर प्रिय हावाले मेरो गालामा भर्खरै चुमेर सहर पसेको छ ।
मध्यदिनको घाम पनि फेवाको बीचमा सयर गर्न हतार गर्दै आयो । यो घामले तिम्रो सन्देश बोकेको हुनुपर्छ । तर हाँसी मात्र रह्यो । घाम रमाउदै गर्दा पानी स्वर्णिम चम्कियो । तालमा ढलपल—ढलपल पानीको जवानी छचल्कियो । हामी चढेको डुङ्गापनि हल्लियो ।
एकनासले त्यही सुनौलो पानी हेर्दै थिएँ । चुपचाप मुस्कुराउँदै फर्कियो घाम ।
घाम फर्कनासाथ माझीदाइले फेवातालमा जाल विछ्याउन थाले । भोलीको छाक टार्नु छ, छोराछोरीको जाडो ढाक्नु छ । आफ्नै कालीको लागि भर्खरै बजारमा आएको नयाँ स्टाइलको टिसर्ट र पेन्ट खरिद गर्नु छ ।
नीलो रङ्गको डुङ्गा खियाउदै आएका माझीदाइ हाम्रो नजिकैबाट सपनाले भरिएका आँखा लिएर फर्किए ।
इलिया π
तिमीले महसुस गर्न सक्छ्यौ ती आँखाहरु । तिम्रो देशका सपनाले भरिएका आँखा भन्दा कम छैनन । छिमेकीलाई नदुख्नेगरि अन्नपूर्णको छाँयामा चम्किला देखिएका सपनाहरु ।
क्रिसमसको साँझ ! लेकसाइडमा ताराहरु चम्किएका छन् । पारी क्षीतिजबाट जून उज्यालो बाल्दै छ । संसार बुझ्न घर छोडेर निस्किएको एक जोडी, चोकमा छुट्टै संसार सजाउन मस्त छन् ।
आफ्नै सुरमा छन, लेकसाइडका होटल, चोटा र कोठाहरु । आफ्नै संसारमा मस्त जोडीहरुलाई देख्दा अन्नपूर्ण र माछापुच्छे« पनि लोभिएको हुनुपर्छ ।
मधुरो प्रकाश π
एक हुल बर्दीधारी सुरक्षाकर्मीहरु, मेरो नजिकैबाट अघि बढेँ ।
रोक्दा रोक्दै निस्किए झै एउटा बोल्यो, मुर्गी एक्लै रहिछ । त्यसमध्यका केही हाँस्न थाले ।
कमाण्डर कड्कियो ।
को बोलेको हो ? फेरि शान्त भयो समय ।
उनीहरु अघि बढे ।
मेरो लागि नयाँ अनुभव थियो, पोखरामा क्रिसमसको साँझ । झपक्कै सिंगारिएको लेकसाइड, मधुरो प्रकाशमा उत्तेजित झै लाग्थ्यो ।
अर्को एकजोडी मेरै अगाडी आएर बस्यो । केटाको खुट्टाले जमीनमा राम्ररी टेक्न सकेको थिएन । केटीको कपाल मुसार्दै भन्यो, ‘जिन्दगी ज्यूँने हो सानु । खुसीहरु साट्दै ज्यूनुपर्छ, मरेर लानु के छ र ? ’ ऊ हाँस्यो ।
केटाको शरीरमा लिपिक्कै टाँसिएकी केटी लरबरिएको स्वरमा बोली ‘ज्यूने हो, आज तैले पनि जिइस् मैले पनि जिएँ । जिन्दगीको स्वाद लिदै ज्यूँनुपर्छ काले ।’ दुवैजना मज्जाले हाँसे ।
भीडभाड पोखरामा एक्लै थिएँ म । एक्लोपनाको महसुस भने भएन । उनीहरुको जस्तो जिन्दगीको मज्जा पनि थिएन । तर नयाँ अनुभव संगाल्दै कोठातिर लागेँ ।
प्रिय इलिया,
जवानी बढेको पोखराको बैसालु मन फक्रिएको छ ।
तिमीले धेरैअघि आफ्नै जवानीको महत्व नबुझ्ने भन्दै गाली गरेकी थियौ । हो म जस्तै पोखराले पनि आफ्नो बैश बढेको भेउ पाएको छैन । नत्र किन हाँसीरहन्थ्यो जोडी विनाको पोखरा ?
तिमी परिवारका साथ क्रिसमसको मज्जा लिइरहेकी छौ । तिम्रो प्रेमीभन्दा पनि प्रिय बनेको छ स्वदेशमा मनाउने क्रिसमस ।
म एक्लै होटलमा फर्किएँ । गेट नजिकैको बगैचामा एक जोडी अर्को संसार बनाउदै रहेछन्, त्यही संसारको दर्शक बनेको थियो गार्ड ।
होटलको गेटबाट भित्र छिर्दै गर्दा गार्डलार्ई सोधेँ ।
‘तपाइको घर कहाँ हो ?’
‘गाँउतिर पर्छ हजुर ।’
‘आज क्रिसमस मनाउनु भएन ?’
‘मनाईरहेकै छु नी ?’ त्यही जोडी तर्फ फर्किएर बोल्यो ।
उदास आँखाले मलाई हेरेर औपचारिकता निर्वाह गर्दै फिस्स हाँस्यो । ओठबाट बनावटी मुस्कान हट्नुअघिनै उसको अनुहार केही मलिन देखियो ।
म प्रतिक्रिया विहिन । कोठातिर लागेँ ।
पोखराको काखमा पहिलो क्रिसमस π
तिमीले भनेजस्तै म रहर बेगरकी मान्छे । मेरो चाहना क्रिसमस मनाउनु थिएन ।
मलाई यो संसारमा रमाउनेहरुको आँखा पढ्नु थियो । त्यसैले विहानको घाम फेवातालमा झर्नु अगाडी म सहर छिरेँ ।
एक्लै गल्ली—गल्ली हुदै खुल्ला चौरमा पुगेर बसेँ ।
चौरमा एक समूह शब्दसागरबाट प्रभावकारी शब्दहरु निकालेर गफिदै रहेछन् । मेरो लागि पूरा परिचित हुन नसकेको पोखरामा भरिभराउ थिए मान्छेहरु ।
सबै आ—आफ्नै सुरमा ।
समूहको एक जनाले भूइँमा हेर्दै बोल्यो ।
‘जोसंग जुन कला छ त्यसैलाई प्रदर्शन गर्ने त हो नी ?’ ऊ झन अपरिचित थियो ।
केलाई इङ्कित गरिरहेको थियो ? बोलेको प्रसंग त मैले बुझिन तर उसको कुरा सत्य लाग्यो ।
एक्ली म त्यही समूहतिर सर्दै थिएँ ।
मैले उसको कुरामा सही थाप्नु अगाडीनै उठेर हिडिसकेको रहेछ ।
केहीबेरपछि म पनि उठेर हिडेँ ।
साँझमा सजिएको पोखरा, घाम उदाएसंगै फेरिएको थियो ।
बजार हुदै फेवातालसम्म आएँ । हिजोको किशोरलाई देखिन । तर ती माझीदाइ, एक जोडीलाई डुङ्गामा राखेर घुमाउन हिडे ।
हिजो बेलुका आफ्नै संसारमा रमाइरहेको माछालाई जालमा पारेर सुखद जिन्दगीको कल्पना गर्ने माझीदाइ भर्खरै बिहे गरेर आफ्नो सुनौलो भविश्यको कल्पना गर्ने जोडीलाई मन्दिर घुमाउन थाले । उनको आँखा उतिकै रहरले भरिएका थिए ।
त्यहाँबाट फर्किएर पुनः बजारकै बाटो हुदै आफै बसेको होटलसम्म आइपुगेँ ।
यो साँझ पोखरा छोड्नु छ । तिम्रो रहरको चाड, क्रिसमस मनाउन आएकाहरु धेरैले पोखरा छोडे ।
रहर र सपनाको आश्रयस्थल बनेको पोखरालाई एकसाँझ तताएर बर्षौदेखि एक्लै बनाईएको छ ।
माछापुच्छे« फेवातालसम्म आउँछ र फर्किन्छ । सेतीनदी आफ्नो बाटोमा बग्छ । पोखराको काखमा बसेर धेरैले सपना देखे, सपना पूरा गरे ।
काखमा बसेर रमाउनेहरुसंग पोखरा कति रमायो त ? कसैले बुझ्यो कि ? तर मैले बुझिन ।
इलिया,
सरङकोटको डाँडाबाट प्याराग्लार्ईडिड गर्नेहरुको भीडमा तिम्रो प्रेमीले आकास हेर्दै टोलाएको याद आयो । म एक्लै, नेपाल घुम्न आएको तिम्रो प्रेमी एक्लै, मेरो लागि विरानो देशमा तिमी एक्लै र भीडभाड जम्मा भएर रमाउनेहरुको बीचमा पोखरा एक्लै ।
लेखनाथ आइपुगेपछि एकपटक पोखरालाई फर्किएर हेरेँ, निराश भएर पोखराले हात हल्लाउदै भन्यो, अर्को सालको क्रिसमसमा म जस्तै एक्लै नहुनु है ।
पोखराले हात हल्लाउदै थियो, अन्नपूर्ण उतिकै मुस्कुराइरह्यो ।
Anonymoushttp://www.blogger.com/profile/04324412144946782824noreply@blogger.com1tag:blogger.com,1999:blog-918502566669905986.post-69653518617218151782013-05-23T23:31:00.000-07:002013-07-04T08:13:15.845-07:00शून्य सपना
आज जिन्दगीको अन्तिम दिन हो ।
विहानै उठेँ । छतमा गएर घर वरिपरि हेरेँ, मर्निङवाक गएँ । साथीहरुलाई उसैगरी भेटेँ । हिजो भन्दा खास्सै परिर्वतन थिएनन ।
तर मलाई अनौठो लागिरहेको थियो । ‘यो पृथ्वीमा अन्तिम दिन । अब जम्मा १३ घण्टामात्र बस्छु । त्यसपछि जिन्दगीको स्वेच्छिक अबकास ।’
‘मान्छेले आफू बाच्नका लागि अपराध गर्छ, अर्काको हत्या गर्छ, चोरी डकैती, ठगी... तर किन ?’ मनमनमा सोच्दै थिएँ ।
दोबाटो आएछ ।
साथीहरुसंग हाँस्दै छुट्टिएर एक्लै ओरालो लागेँ ।
पुराना स्मृतिहरु वरिपरि घेरिएका थिए । नजिकै आरुको बोट रहेछ । गुलावी फुलेको आरु । ‘कति सुन्दर यो फूल । बढीमा एक हप्ता त बाच्छ नी ।’
‘म त करिब तीन दशक बाँचिसकेकी छु । फूललाई एक हप्तामा ओइलाउन डर लाग्दैन भने मलाई ३०को दशकमा हराउन के को डर ?’
एउटा फूल टिपेँ, हातमा लिएर हेर्न थालेँ ।
‘मैले चाहेको भए कसैले मलाई यसैगरी हातमा लिन्थ्यो र ओल्टाई पल्टाई हेथ्र्यो ।’
मेरो हातको फूल नियालेँ, केही निराश जस्तै लाग्यो ।
‘बोटबाट टिपिसकेपछि फुल विग्रन्छ की भनेर माया गर्नु ढोङ मात्र हो ।’
त्यहीबाट एकपटक आकाश नियाँले । ‘अब यो आकाशपनि विस्तारै विरानो हुनेछ ।’
जीन्दगीमा सबैभन्दा बढी समय यही शून्य आकाशसंग विताएकी छु । न कसैको अबरोध, न छलछाम, त्यसैले होला शून्यता सबैभन्दा प्रिय लाग्छ ।
‘अबको केही घण्टामा नै यही शून्यतामा हराउछुँ, मेरो प्रिय सून्यता π’ आँखा चिम्म गरेँ । एकान्त सम्झिएँ ।
साँझको र्घुमैलो देखिने आकाश हेर्नु कति रमाइलो हुन्छ । अझ पहाडको टुप्पोमा पुगेको बेला देखिने निलो आकाश π एक पटक निलो आकाशको कल्पना गरेँ । फेरि आँखा चिम्लिएँ । ओहो यो आनन्द ?
त्यसपछि उही ओरालो लागेँ ।
स्वच्छिक मृत्यु, नजिकै आएजस्तै लागेको थियो ।
‘म विरामी त छैन ?’ ओरालोमा फूल्दै गरेको गुलाब टिपेँ, त्यही गुलाबको काँडाले हातमा कोपरेँ । हिजोकै जसरी दुख्यो । म शारीरिक मानसिक दुवै रुपमा ठीक छु, केही भएको रहेनछ ।
मान्छेका चाहना फरक फरक हुने रहेछन् । त्यसैले त भनिन्छनी संसार विचित्र छ । आफ्नै चाहना सम्झिएर खित्का छोडेर हाँस्न मन लाग्यो । ‘हुन त मैले बाँचेर पनि यो पृथ्वीलाई के नै दिन सकेकी छु र ? म हुनु र नहुनुमा के फरक पर्छ ? मेरो अनुपस्थितीमा आफन्त र साथीहरुले केही दिन अभावको महसुस गर्लान । केही समयसम्म आमा, बुबा नमज्जाले रोलान । मलाई हुर्काउदै गर्दा देखेका सपना आफ्नै आँखा अघि एकैपटक झ¥याम्म फूट्दा अर्धचेत होलान । त्यो भन्दा बढी केही हुने छैन ।’ मर्नु र बाच्नुमा खास्सै अन्तर पनि देखिन ।
सरासर कोठामा छिरेँ । ढोकाको नजिकै पुस्तकको ¥याक थियो । त्यसको छेउमै ऐना ।
ऐनाको अगाडी बसेर तलदेखि माथिसम्म आफैलाई नियालेँ । मेरो अनुहार कता कता आमासंग पनि मिल्छ रे ।
आमालाई सम्झिएँ । ‘मलाई जिन्दगी दिने उनै हुन, तर मृत्युको निर्णय एक्लै लिदै छु ।’ उनीप्रति अन्याय भएको महसुस पनि गरेँ ।
मावल जादै गर्दा बासको साँघुबाट चिप्लिएर मोलुङखोलामा झरेको बेला आमाले आफ्नै ज्यानको जोखिम मोलेर मलाई बचाएकी थिइन । खोलाबाट निकाल्नेसाथ केहीबेर अंगालो हालेर रोइन ।
झमक्कै साँझ परिसकेको थियो । रुने समय नभएर होला, उनी फेरि बाटो लागिन ।
उकालीको बरको फेदमा सुस्ताउदै भनिन । ‘तलाई खोलाले बगाएको भए कसरी बाँच्थे म ?’ आमाको गला अबरुद्ध भएको थियो ।
बच्चै थिएँ । त्यसबेला मलाई मृत्यु र जीवनको खास्सै बोध भएको थिएन होला । त्यसैले मृत्युदेखि डर लागेको थिएन ।
अहिले मृत्यु र जीवन बुझेर पनि मलाई मृत्युको डर लागेको छैन ।
फेरि आफैलाई नियाँले । आखिर जीन्दगी भनेकै यही त रहेछ नी । चाहिनेजति बुझे झै लाग्यो । ‘केही रहरहरु थिए, त्यतीकै हुनेभए ।’
एक दुइ अनुभव गर्न मन लागेका कुराहरुपनि विर्सन खोज्दै थिएँ ।
‘केही समयमानै अब यी सबैसंग छुटिदैछु ।’
तर अन्तिम दिन रमाइलो त गर्नुपर्छ । बाचुन्जेल रमाउनुपर्छ ।
‘रमाइलो मान्ने मनले होकी, आखाँ र मुखले हो । जहाँ गएपनि मन नरमाएपछि के को रमाइलो ?’ मनभरि अन्तरद्धन्द्ध चलेको थियो ।
दिउँसो साथीहरु जम्मा गरेर बसेँ ।
फेसबुकको वालमा एउटा स्टाटसमा अपडेट गरेँ । ‘आज मेरोलागि अन्तिम दिन हो ।’
तुरुन्तै फोन आयो । ‘के भयो ? किन त्यस्तो लेखेको ?’ एक परिचित आवाज थियो ।
‘त्यतीकै लेखेको, बास्तविकता होइन ।’ मैलेनै फोन काटिदिएँ ।
फोन काट्ने साथ फेरि मोवाइल बज्यो ‘फेसबुकमा के लेखेको ?’
दिदिने रिसाँउदै फोन गरि । मैले नढाटी भनेँ ‘आज आत्महत्या गर्न मन लागेको छ ।’
एकपटक मज्जाले झपारि ।
फेरि फोन काटेँ ।
फोन गर्नेहरु धेरैले सोधे ‘स्टाटस किन त्यस्तो ?’
एक छिनपछि फोन उठाउन पनि छोडेँ ।
फेसबुककै अनलाईमा भएको एकजना साथीलाई भनेँ । ‘आज मर्न मन लागेको छ ।’
तुरुन्तै लेख्यो । ‘किन ? के भयो ?’
‘खै, तर मर्न मन छ ।’
त्यसपछि उसले जीन्दगी बुझाउन थाल्यो । ‘जीन्दगी अमूल्य छ ।’ मलाई भन्दा बढी थाहा रहेछ जीन्दगीको बारेमा । ‘जीन्दगी मर्नका लागि हैन, ज्यूनुपर्छ । जीन्दगी त रमाइलो पो हो ।’ धेरैबेर सम्झाईरह्यो ।
मर्नु अघि एउटा गजल लेख्न मन लाग्यो । तर लेखिनँ, गजलपनि लेख्छु भन्ने साथ कहाँ आउछ र ?
त्यसअघि लेखेका डायरीहरु जम्मा पारेँ र सिरानीमा राखेँ । ल्यापटबमा राखेको पासवर्ड हटाए र धेरै लेख रचनाहरु डेक्सटपमा सारेँ ।
फेरि ऐना हेरेँ ‘जीन्दगीकै माया सकिएको मान्छेलाई यी अक्षरको के माया लागेको होला ?’ आफैलाई हेरेर फिस्स हाँसे ।
करिब १२ घण्टा सकिसकेको थियो । मोवाईलको स्विच पनि अफ थियो । अन गरेँ र नजिकैको टेवुलमा राखेँ ।
अबत जीन्दगीको स्वच्छिक अबकासको समय पनि आइसकेको थियो । मृत्युको निर्णय लिइसकेकी मलाई घाइतेमात्र हुनु थिएन । शरीरका अंग अंग निदाउन भन्ने लाग्यो । कसैले चाहेर पनि मलाई व्यूझाउन नसकोस । म स्वतन्त्रता सहित निर्वाध रुपमा मर्न चाहन्थेँ । त्यसैले ७ ओटा स्लिपिङ ट्याबलेड खाएर ढल्किएँ । कहिल्यै नपाएको आनन्द प्राप्त भयो ।
आकाशमा उडेका चराहरुलाई घण्टौसम्म हेर्ने मलाई आफै आकाशमा उडेझै भइरहेको थियो । शून्यता, न कसैको डर, न रहर र चाहनाको भारि । निलो आकासमा खुल्ला मनसहीत माथि माथि जाँदै थिएँ ।
मोवाईला घण्टी बज्यो, सम्झिएँ मरेको व्यक्तिलाईपनि किन फोन गरेको होला ?
अन्तिम पटक फोन उठाउनुप¥यो भन्दै उठाएँ ।
एउटा धोद्रे धोद्रे परेको केटा आवाज बोल्यो ‘सरु तिम्रो सामु उपस्थित हुन सकिन । प्रतिक्षामा धेरै बर्ष विताएको छु, तिमीले महसुस गरेको हुनुपर्छ । तर चुपचाप हेरिरह¥यौ । अब चुप बस्नु भनेको जीन्दगीलाई दुर्घटना तर्फ धकेल्नुमात्र हो । त्यसैले ह्याप्पी भ्यालेन्टाइन्स डे ।’ उ अझै बोल्दै थियो । ‘हाम्रो स्वतन्त्रता खोसिदैन, रहरहरु साझा हुनेछन् । इच्छाहरुको सम्मान हुने छ । यही समाजमा हामी दुइको छुट्टै संसार रम्नेछ ।’
झसंग भएँ, म आकाशमा उड्ने, चराहरुसंग रम्ने र शून्यतामा हराउने त सपना मात्र रहेछ । तन्द्राबाट व्यूझिएँ ।
केटा आवाज मेरो मन मस्तिष्कमा घुमिरह्यो । यो संसार छोड्दै गरेको सपना देख्दापनि कम रमाइलो थिएन । खुल्ला आकासमा उड्नुको मज्जा, मिठो थियो त्यो क्षण ।
त्यो भन्दा रमाइलो लाग्यो मेरो रहर र स्वतन्त्रताको सम्मान गर्छु भन्ने धोद्रे आवाज । शब्द चयन र संयोजन मिलेको प्रतिबद्धता, शून्यतामा उड्नुभन्दा बढी आनन्द आउने क्षण बन्यो ।
आफ्नो छेउमै छामँे, छरिएको सिरानी π आँखा उघारेर झ्यालबाहिर हेरेँ, झलमल्ल घाम लागिरहेको थियो ।
Anonymoushttp://www.blogger.com/profile/04324412144946782824noreply@blogger.com0tag:blogger.com,1999:blog-918502566669905986.post-53055044687688844892012-11-09T11:26:00.001-08:002013-07-04T08:21:09.538-07:00फर्किएन सागर
-  सलोजा
‘तिमि मेरो अन्तिम प्रेमिका हुने छौ ।’
उसले केही भावुक हुदै भनेको थियो ।
‘डुल्दा र डुलाउदा थाकिसकेँ । सरकारी जागिर भए पेन्सन हुने बेला भइसक्यो ।’ फेरि मुस्कुरायो ।
‘कहिले देखि सुरु गरेउ ?’‘
१४ बर्षको हुदाँ । मैले होइन उसैले सिकाएकी हो । कक्षा नौ मा पढ्थेँ ।’
‘अनि ?’‘विर्सनै नसक्ने चाही पाचँ नम्बरकी थिइ ।’
रक्सी भटीको कुनामा छ ऊ । लोकल रक्सीसंग बुढी भैसीको सुकुटी चपाउदै । पिएर साथ नदिएपनि एउटै टेवलमा बसेर उसले खाएको रक्सीलाई मौन समर्थन गर्दै थिएँ । रक्सी र सुकुटीमा मस्त उ बेला बेलामा मेरो नारी सम्म हात ल्याईपु¥याउछ ।
रात छिप्पिदै छ । रातसंगै ठूलेको जिब्रो पनि लरबराउन थाल्यो । ‘कसम सानु म तिमिलाइ मन पराउछु । तिमीनै मेरी अन्तिम प्रेमिका हुनेछौ ।’ मेरो अनुहारमा एकोहोरो हेरिरह्यो ।
दिनभरि कुल्ली काम गरेर थाकेको शरीर फतक्कै गलेको छ ।
‘अब सुत्न जानुपर्छ ।’ उसको कुराको वेवास्ता गर्दै भनेँ ।
गिलासको पिधमा भएको रक्सी र प्लेटमा बाकी रहेको एक चोक्टो मासु एकैपटक रित्यायो । ‘म गएँ, तिमीपनि जाऊ ।’
जुरुक्क उठेर हिडेँ । भट्टी पसल बाहिर निस्कदै गर्दा मेरो हात समात्यो । एउटा हातले आफ्नै गला छुदै उही कुरा दोहो¥यायो । ‘कसम सानु म तिमिलाई माया गर्छु ।’ एकपटक मुस्कुराएँ । उसलाई हेर्दै छुट्टिएँ ।
उसले गाउ छोड्दा म कक्षा पाँचमा पढ्थेँ । गाउमा मोटरबाटो खन्दा देखि कुल्ली काम सुरु गरेको उ अहिले ठेकेदार भएको छ । मेरो जेठो दाजुको उमेरको हुनुपर्छ, म भन्दा ७ बर्ष जति जेठो ।
बाटोमा जादै गर्दा ठूलेको ‘सच्चै मन पराउछु’ भन्ने आवाज पटक पटक कानमा गुञ्जिरह्यो । गाउमा हुदाँ म पनि ठूलेलाई मन पराउथेँ नी ! त्यसबेला समय फरक थियो, मैले मनपराउछु भन्न सकिन, अहिले उसले भनेको बेलामा ......
.विना गेटको, सानो घर । नीतिले छोडेर गएकी मैला भएका सिरक डसना, कहिल्यै रंग नलगाएको र अलि अलि ढुसी गन्हाएको कोठा । सधै अल्छीलाग्दो भएपनि आज खास्सै नराम्रो लागेको छैन । एक पटक फेरि ठूलेको अनुहार सम्झिन्छु । मान्छे उस्तो राम्रो त छैन, तरपनि साथ दिन्छु भन्छ !
मलाई जीन्दगीमा साथ दिन्छु भन्ने ठूले दोस्रो व्यक्ति हो । त्यसअघि सागर थियो ।
क्याम्पस पढ्दाको साथी । संगै भूमिगत भइयो । युद्धका धेरैओटा मोर्चापनिसंगै लडेका थियौ ।
अहिले उ काठमाडौको रैथानेजस्तै बनेको छ । गाडी, बंगला, नोकर चाकर सबैले परिपूर्ण छ । उसले युद्धमा गरेका कुरा र अहिलेको जीवनशैली पूरै फरक थियो । उसलाइ सम्झिएपछि रगत उम्लिए झै शरीर रापिलो भयो ।
त्यही भट्टी पसलमा खाएको छोइला र चिउरालेनै आजको रात कटाउने सोचमा थिएँ । ठूलेले फोन ग¥र्याे । उही लरबरिएको स्वरमा भन्यो ‘सानु म तिमिसंग कहिल्यै ढाट्दिन । साच्चै मेरो अन्तिम प्रेमिका नै तिमि हुने छौ ।’
‘पहिलेकीसंग के भयो र ?’
एकपटक उ हिक्क हिक्क गर्दै रोयो । मैले केटा मान्छे रोएको देखेको युद्धमा हिड्दा हो । नातीसंगै सुतेको हजुरबालाई मारेपछि करिब २३ बर्ष जतिको नाति नमज्जाले रोएको थियो । त्यसपछिका कुनै आशुलेपनि नछोएको मलाइ ठूलेका आशु अलि भारी लाग्यो । पहिलो पटक आशु महसुस गरेझै नमिठो दुख्यो मन ।
हजुरबा मरेपछि कहालीदै रोएको नातीलाई हाम्रो कमाण्डरले मार्ने धम्की दिएका थिए ।
ठूले रुदाँ म प्रतिक्रिया विहिन, चुपचाप छु ।
केहीबेर पछि ठूले बोल्यो । ‘सब छोड, म तिमिसंग प्रेम गर्छु, अन्तिम र मायालु प्रेम ।’
ठूलेकी अन्तिम प्रेमिका, मन चसक्क भयो । प्रेमिका भन्दा अन्तिम नभनेको भए हुन्थ्यो नी । यस अघि उसका अन्य प्रेमिका भएपनि किन सुनाउनुपथ्र्यो र ?
सागरले तीमि मेरी पहिलो प्रेम हौ भन्दा मन जति खुसी भएको थियो, ठूलेले अन्तिम प्रेमिका भन्दा त्यतीनै दुख्यो ।
अनायास रिस उठ्यो । फोन काटिदिएँ ।
फेरि, फेरि फोन गरिरहेको थियो ।
धेरै वेरपछि फोन उठाएँ, किन म संग बोल्न मन छैन सानु ?
यो निश्पट रातमा, सानो र मायालु श्वरमा ठूले प्रेम शैलीमा बोल्दै थियो ।
फोन फेरि कटाएँ । प्रेम शब्द नसुनेको १० बर्ष भएछ । जहाँ थिए, हार जित र आवास्यक्ताको मात्र कुरा हुथ्यो । प्रेम र भावनाको हैन ।
करिब १० बर्ष अघिको समय सम्झिए । २०५६ साल, एसएससी पास गरेपछि उच्च शिक्षाका लागि काठमाडौ आएकी थिए । त्यसको करिब एक बर्षपछि जेठो दाजु एकाएक वेपत्ता भयो । कमाएर ल्याउने र संगै बस्ने दाजु हराएपछि अलपत्र परेँ । कहाँ जाने जाने केही अतो थिएन ।
क्याम्पसबाट प्रहरीलेनै दाजुलाई बेपत्ता पारेको थाहा पाएपछि साथीहरुले कोठामा नबस्न सल्लाह दिए ।
त्यसपछि विद्यार्थी आन्दोलनमा लागेँ । पूर्ण भूमिगत । त्यसबेला अधिकारका कुरा खुबै गरियो । दमन गर्ने र सामन्तीको अन्त्य गर्नु थियो । समाजलाई मुक्त बनाउनु थियो । हामी नागरिकको सासन ल्याउन चाहन्थ्यौ । नागरिक सर्वौच्चता ! उफ कहाँ पुग्यो ?ठूलेले फेरि फोन गयो ।
‘सानु किन चुप लागेकी ?’‘निन्द्र लाग्यो ठूले, अब भोली भेटौला ।’ उसले एकछिन फोन नकटाउन भन्यो, साच्चै सानु मलाई तिम्रो असाध्यै माया लाग्छ ।
अझै चुपचाप थिएँ ।
ठूलेको फोनले सागरको याद बढ्दै गयो । मेरो पहिलो प्रेमी हो सागर, उससंगका क्षणहरु लामा नभएपनि स्मरणीय छन् । अब ठूलेसंग बोल्नै मन लागेन फोन कटाएँ ।
सागरसंगै भूमिगत भएको जीवन सम्झिएर बेचैनी अझै बढेको थियो । भूमिगत हुनुअघिको प्रेम । दाजुको हत्या नभएको भए, सागरसंग विछोड हुने थिएन । हामी खुसी हुनेथ्यौ ।
सागरको यादले निन्द्रा हरायो । छटपटि अझै बढ्यो । रातभरि सम्झिए, भूमिगत भएपछिको समय ।
समानता, बालअधिकार, महिला अधिकार, जनजाति, दलित मुक्ति, विशेष अधिकार, मजदूर हित, नागरिक सर्वोच्चता । अहिले कहाँ छन ती समान्ताका नाराहरु ? सायद अबको चुनावसंगै ती नाराहरुपनि गाउ छिर्छन होला ।
दिनभरि गीटी बोकेको ढाड नमज्जाले दुख्यो । ब्यूझदा घाम माथी पुगीसकेका थिए ।
ठूलेको फोन आयो, ओछ्यानमा सुती सुती फोन उठाए । ठूलेले बेलुका बोलेको एक शब्द पनि दोहो¥याएन । भट्टी पसलमा बस्दा हरेक वाक्य बोल्दा प्रेम गर्छु भन्ने ठूले घाम उदाएसंगै फेरिएको थियो । उ पूरा कामको कुरा गर्दै थियो । ढलान छाप्न ढिला भएको, गीटि बोक्न बेलैमा नपुगेको भन्दै अलि रुख्खो देखियो । हुनत ठूलेले भन्दा पनि रुख्खो व्यवहार गर्थे म ।
त्यसपछि ठूलेसंग कहिल्यै भेट भएन, अर्थात म कुल्ली काममा गइन ।
बर्षौ पछि सागरको यादले सताएको छ ।
दिनभरि कोठामा बसेँ । अल्छी लाग्दो समय । फेरि सागरलाइ सम्झिएँ । अन्तिम पटक एक बर्ष अघि सम्पर्क भएको थियो । हामी दुइको जीवनशैली पूर्ण फरक छ । उ समयसंगै परिर्वतन भएको । समयलाई सदुपयोग गर्नुपर्छ भन्थ्यो ।
कार्यक्षेत्र फरक भएपछि छुट्टिएका हाम्रो आजसम्म पहिलेको जस्तो आत्मीय भेट भएको छैन ।सागरले दिएको भिजिटिड कार्ड खोज्न थालेँ । जे त पर्ला अब सागरलाइ भेट्छु । मोवाइलबाट नम्बर डायल गरेँ, फेरि कटाएँ, वेवास्ता गयो भने झन नराम्रो लाग्छ । म जहाँ छु ठीक छु, उसलाई भेटेर किन विथोलिनु ? मोवाइल टेबलमा राखेँ ।
झ्याल बाहिर हेरेँ, पैयू फूलेको, केही फूलहरु भूइभरि थिए । तर पुतलीहरु रुखैमा भएका फूलमा झुम्मिरहेँ, घुमिरहे । भूइमा झरेको फूल हेरेँ । कस्तो विडम्बना यतिराम्रो फूलपनि ओइलाउनुपर्ने । बरु नफूलेकै भए हुन्थ्यो । पुतली बसेको फूल भूइमा झ¥यो । आफैलाई चिमोटेझै लाग्यो, कताकता चर्कियो, अब यो फूललेपनि ओइलाउनुपर्छ । एकपटक आखाँ चिम्लिएँ ।
सागरकै नम्बरबाट फोन आयो, यो नम्बरबाट मिस्डकल आएको थियो । परिचित लाग्ने बोलीमा बोल्यो । उसको बोली त फरक भएको रहेनछ, व्यवहार कसरी परिर्वतन गर्छ होला र ? आफैप्रति विश्वास वढ्यो । सागर, म सरिता । उसले अचम्म मानेन, मलाईनै सम्झेर बसेझै भन्यो, ‘सरिता आज भेट्नुपर्छ ।’ आदेश दिए झै बोल्यो ।
मेरो कोठासम्म लिन आयो । उसलाई जनयुद्ध पछिको मेरो कोठा देखाएँ र एकपटक प्रहरीले गाउनै घेरा हलेको दिन सुंगुरको खोरमा रात विताएको सम्झाएँ । त्यो भन्दा अलि व्यवस्थित छ नी मेरो कोठा । बोल्दै गर्दा, कोठादेखि मेरो शरीरपनि नियाल्यो ।
मैले लगाएको कपडा, यागमा राखेको जुत्ता, किचनको सामान सबै सबै । उ खिस्स ग¥यो र चुपचाप बाहिरियो । मलाई उसकै कारमा बस्न भन्यो । सिधै सपिङमहल । कपडा रोज्न लगायो, जुत्ता, व्याग सहित अन्य केही आवास्यक सामान पनि किन्न भन्यो । हामी युद्धमा हुदाँपनि चन्दा उठाएको मध्य केही पैशाले आफ्नालागि यसैगरी सामान किन्ने गथ्यौ । तर अहिले त्यसबेला जस्तो हतारमा किन्नु परेको छैन । को आएँ, आएनन, भन्ने चिन्ता छैन । पसल पसल चाहर्दै, निस्फिक्रि सामान किन्यौ र न्यूरोडको एउटा क्याफेमा गयौ ।
बाटोभरि कमै मात्र बोलेको सागर क्याफेमा पुगेपछि खुलेर बोल्न चाह्यो ।
‘अब के चाहन्छौ ?’
‘मैले चाहेको के नै पाएको छु र ?’
‘तिम्रो त्यो चञ्चलतासंगै उत्सहा पनि मरेको हो र ? इच्छा त हुन्छ नी ?’
‘सायद’
धेरैबेरसम्म टेवुल शान्त भयो । म जस्तै चुपचाप थियो सागर तर मोवाइलमा घण्टी बजिरह्यो । शून्यता तोड्दै भनेँ, ‘कायकर्ता, कमाण्डर देखि कुल्ली सम्मको जीन्दगी बाचेँ । जीवनप्रति उत्साहा मात्र होइन नीराशा पनि छैन । एउटै इच्छा छ, मेरो मृत्युमा अब धेरै मलामी हुन्, हत्यारा हैन । अहिले सम्मको जीन्दगी किन जिएँ त थाहा छैन । तर अबको जीवन मलामी कमाउनका लागि ज्यून मन छ ।’ उसले के बुझ्यो तत्काल कुर्सीबाट उठेको सागर अहिलेसम्म फर्केको छैन ।
Anonymoushttp://www.blogger.com/profile/04324412144946782824noreply@blogger.com0tag:blogger.com,1999:blog-918502566669905986.post-40884474952550627482012-10-31T07:01:00.001-07:002012-10-31T07:01:14.647-07:00
Anonymoushttp://www.blogger.com/profile/04324412144946782824noreply@blogger.com4tag:blogger.com,1999:blog-918502566669905986.post-85911804452037657162012-10-30T21:40:00.000-07:002013-06-10T09:02:42.581-07:00गजल
संगै हासे तिमीसंग बोलेपछि दुखेँ
तिम्रो शहरमा रहर घोलेपछि दुखेँ
नछोएको नदेखेको नभोगेको कहिल्यै
अमुल्य यौबनको मोल मोलेपछि दुखेँ
चाहनाको लालीमा सूर्य फूल्दै थियो
चन्द्रमाको उज्यालोले पोलेपछि दुखे“
पुगे निलो समुन्द्र चुमे निलै आकाश
तर झुठको दरबार खोलेपछि दुखेँ
भिन्न शरीर एकात्मा भोगाई आधा आधा
तिम्रो अहंकारले विथोलेपछि दुखे“ ।
ओखलढुङ्गा
हालःकाठमाडौ
Anonymoushttp://www.blogger.com/profile/04324412144946782824noreply@blogger.com0tag:blogger.com,1999:blog-918502566669905986.post-43790634850942149462012-10-24T13:00:00.000-07:002012-10-24T13:00:00.495-07:00आमाले नस्वीकारेको अंगालो
-सलोजा
पहाडको टुप्पोमा बसेर सुसाउदै बगेको खोली हेर्नुको मज्जा यहि आएपछि थाहा पाएँ । अझ पानीको जीवन्तता ! कति आनन्ददायी छ यो पानीको जीवन । खोलामा बग्दै गरेको पानी पहिले बगेको ठाँउमा पुग्नै पर्दैन । बग्यो त सकियो । ती गल्ली, गल्छीणाहरु विर्सदै बग्छ । एक पटक बगेर गएपछि कहिल्यै फर्कन नसक्नु उसको विवशता पनि हुन सक्छ । तर कति चाडै विर्सन्छ विगत । पानीले जस्तै मलाईपनि विगत विर्सन मन लागेको छ । कति रमाइलो हुन्थ्यो, ती यादहरु कहिल्यै नर्फकर्ने भइदिएको भए ।
तर जीन्दगी भुल्नै सक्दिँन । यादहरु दोहोरिदै दोहोरिदै आउँछन् । निरश लाग्छ । रहर, फूल्नु रमाउनुको बदलामा विगत निचोरिएर आफैमाथि परेपछि चह¥याउदो रहेछ ।
(बढीनै भावुक बने क्यार ।) डायरीमा लेख्दैगर्दा पुन सम्झिएँ । दुर गाँउमा बस्दा पढेको पुस्तकको ठेलीहरु, डिजिटल प्रविधिभन्दा बाहिरको संसार, धेरै डायरीहरु भरिएका छन् । कस्तो निश्चल सामीप्यता ! हिमाललाई नजिकबाट अनुभव गरेकी छुँ । पहाडको फेदबाट उडेको कुहिरो मेरो काखमा बसेर हराएको छ । खुल्ला चौरमा मयूर नाचेको त्यही देखेँ । आकास नजिकै औलो उठाएर छोएकी छु । जंगलको बीचमा बसेर चराको चीरविर चीरविरसंगै काफल खादाको क्षण कहिल्यै भुल्न सक्दिन । गाँउ सम्झिदैगर्दा शरीर केही हलुका भएको महसुस भयो ।
शहरीया परिवेशमा हुर्किएपनि गाँउले सुन्दरताका बारेमा आमाले भनेकी थिइन । त्यसैले बेलायतबाट काठमाडौ आएकी म एक्कासी त्यही दुर गाँउमा पुगेँ जहाँ मेरी आमा जन्मिएकी थिइन । आमा जन्मिएकै ठाँउमा पुगेरपनि मैले आमालाई महसुस गर्न सकिन । दुर गाउमा घुम्दै करिब एक महिनाको बसाई पछि पुन यही विरानो काठमाडौ फर्किएँ ।
आफन्तकोमा गएर सहानुभूतिको पात्र बन्न चाहन्नथेँ । त्यसैले अपनत्व र एकान्त खोज्दै म हुर्किएको घर फर्किएँ ।
बस्ती भित्रको सानो घर, आमाले हातमा समाउदै डुलाउने गर्थिन । रुदाँ त्यही छतमा बसेर आकाशका ताराहरु देखाएर फूल्याउथिन । डायरीका पन्नाहरु भरिदैथिए । एक पटक रोकिएँ । डायरी पल्टाएर हेरेँ । पुन बन्द गरेँ ।
आमालाई सम्झिदै छतमा उक्लिएँ र बसिरहेँ । बस्दा बस्दै साँझ परेछ ।
आकाशमा आमाले देखाउने ताराहरु उसैगरी आए तर आमा त्यहाँ पनि थिइनन । यी ताराहरुसंगै आमाको याद आउथ्यो ।
जहाँ पुगेपनि पिडापर्दाका साहारा जस्तै लाग्छन ताराहरु । तीनै ताराहेर्दे आमालाई धेरैकुराहरु सोधेकी थिए ।
कहिलेकाही दिक्क मान्थिन, तर मेरो प्रश्न सुनेर भित्र भित्रै हाँस्थिन पनि ।
उनलाई सम्झिदै गर्दा छतमै निदाएछु ।
विहानको घाम रापिलो भएर आखाँमा परेपछि जुरुक्क उठँे र कोठामा छिरेँ ।
पुन डायरी पल्टाएँ र लेख्न थालेँ ।
लेख्दैगर्दा अझ पुराना यादहरु ताजा बन्दै गए । नेपाल छोड्ने बेलामा आमाले धेरैबेर एकोहोरो मलाई हेरेर भनिन्, नानी धेरै टाढा जादै छस, केही सोध्नु छ भने सोध । उनी अलि भावुक बनेकी थिइन । आमा खुलेर नहाँसेपनि आखाँ टिलपिल पारेको पहिलोपटक देखेँ ।
अचम्म मान्दै आमालाई हेरिरहेँ । केही सम्झिए जस्तोगरी भनिन त नयाँ ठाउमा जादैछस । त्यसैले अलमल हुने होस की भनेर मात्र । नचिनेका मान्छे धेरै हुन्छन, चिनेको व्यक्ति भनेर पूरै विश्वास गर्नुअघि धेरैपटक सोच्नुपर्छ ।
उनले मेरो पढाई र भविस्य बाहेकको विषयमा यतिनै भनिन ।
त्यही बेलादेखि आमाको नजिकै बसेर, काखमा सुतेर, उनको शरीर सुम्सुम्याउदै उनले गरेका कुरा आजसम्म सुनेकी छैन । मैले पुन उनलाई नमिठोगरी सम्झिएँ ।
आमालाई सम्झिदाँ मलाई फूलमायाको याद आयो ।
जिल्ला घुम्दै जादाँ लिखु खोलाको तिरमा भेटिएकी फूलमाया । उसले बसालेको संसार, तीन छोरा छोरीकी एक्ली आमा । आर्मी व्यारेक संगै राखेको चिया पसल, त्यँही पाएको उपहार रहेछन तीन सन्तान ।
मेरो घरमा जस्तै फुलमायाकोमा पनि बच्चाको बाबु देखिनँ । आमालाई कहिल्यै बाबुका बारेमा नसोधेकी मैले फूलमायालाई सोधेँ ।
यी छोरा छोरी कस्का हुन?
मेरा, (उ गर्व गरेर भन्छे ।) मैले जन्माए, मैले हुर्काए । हरेक आवास्यक्ताहरु मैले पुरा गर्नुपर्छ । ८ बर्ष देखि १२ बर्ष सम्मका तीन छोराछोरी पछि उनीहरुका बाबुहरु त्यहाँबाट व्यारेक सरेछन । अहिले सम्म फर्किएनन ।
फूलमायाले जुठो ग्लास माझ्दै भनिन ‘उनीहरु आउनु र नआउनुको अर्थ हुदैन । मलाई आवास्यक्ता पनि छैन । छोराछोरीलाई बाबु पल्टन सरेका छन भन्दिन्छु । पल्टनमा त जे पनि हुन्छ नी । त्यस्तै भयो ।’
फूलमायाले त्यही ठाँउमा चियापसल राखेकी थिइन । बाटोमा ओहोर दोहोर गर्नेहरुका लागि विसउनी बनेको छ । हामीलेपनि घुम्दै जादाँ चिया पसलसंगै फूलमायालाई भेटेका थियौ ।
लिखु खोलामा माछा मार्दे विहान बेलुकाको छाक पुर्याउनु दुई छोराको दैनिकी हो । छोरी सानै थिई । साथीहरुलाई छोडेर तीन दिन सम्म लिखुकै किनारमा बसेँ ।
मलाई रमाउनु थियो । म जस्तै, बाबु विनाका, फूलमायाले जन्माएका सन्तानका बारेमा जान्नु थियो । तीन दिनसम्म उनको पसलमा बसेपछि फूलमाया क्रमश खुल्दै गइन । जसरी आर्मी उनको पसलमा आउदाँ खुल्थीन ।
मैले उनलाई सोधेँ, छोरा छोरी कसरी जन्मिए? अनि कसका हुन?
उनले अप्ठ्यारो नमानी भनिन । ‘व्यारेक वालाकै हुन, तर कुनका हुन भनेर भन्न सक्दिन । एक जनाका हुन भनेर अर्कोलाई अन्याय गर्दिन । एकैरात धेरैजनासंग बिताएकी थिएँ । त्यस मध्यनै कसैको हुनुपर्छ ।’
फेरि सोधेँ, तपाई त्यसबेला खुसी हुनुहुन्थ्यो?
‘हो, उनीहरुलाई जतिकै आनन्द मलाई पनि आएको थियो ।’ उनको अनुहारमा कुनै ग्लानि थिएन । निस्फिक्री भन्दै थिइन, ‘उनीहरुलेनै पहिलोपटक मेरो चियापसल बनाईदिएका हुन । चाहिने सामान पनि उनीहरुलेनै जोडिदिए । तीनीहरु नभएका भए न मायालु छोराछोरी पाउथेँ, न यो चियापसल ।’ उनले खिस्स हाँस्दै भनिन ।
एक पटक आफैलाई सम्झिएँ । संयोग जु¥यो भने यी बालबालिकालेपनि कुनैदिन मैलेजस्तै पत्रिकामा आफ्ना बाबुको नाम र तस्वीर हेर्नुपर्ने छ ।
३ महिना अघि देखि झोलामा जतनले राखेको त्यही पत्रिका निकालेर हेरेँ । बाबुको तस्वीर सहितको समाचार थियो । मैले कहिल्यै कल्पना सम्म गर्न नसकेको मेरो बाबुको अनुहार पनि त्यही पत्रिकामा देखेकी थिएँ ।
बेलायतमा बसेर पढ्दै गरेकी मैले क्याम्पस टप गरेपछि मात्र थाहापाएँ, मेरा बाबुका बारेमा । आमा मनकी रोगी रहिछन्, उनको मृत्यु होइन आत्महत्या रहेछ । त्यो पत्रकार जसले मैले जिन्दगीभरि थाहा नपाएको आफ्नै कटु यथार्थ पत्रिकाको पहिलो पृष्ठमा बाबुको तस्वीर सहित छापीदियो । त्यसपछि छताछुल्ल भएर हिडेकी म फूलमायाका सन्तान देखेपछि अर्को एकपटक चिसिएँ ।
त्यही समाचार पढेपछि कहिल्यै खुलेर हाँस्न नसकेकी आफ्नी आमालाई सम्झिएँ । उनी किन खुलेर हास्दिनथिन ? सायद मैले उनको अनुहार पढ्ने कोसीस गरिन । यो पत्रकारको जतिपनि ।
उनीभित्रका धेरै विषय बुझ्ने कोसीस गरिनँ । मैले एसएलसी दिएको बर्ष आमाले धेरैपटक उनको कोठामा बोलाएर केही नभनी फर्काएकी थिइन । सायद कोठामा बोलाउनुको कारण भन्न कर गरेको भए आमाले अवस्य भन्थिन होला ।
उनलाई छोड्दा १६ बर्षकी किशोरी थिएँ । त्यसबेला सम्म पनि बाबुका बारेमा बुझ्न खोजिन र आमाले पनि भनिनन । नत्र यति धेरै विछिप्न हुुनुपर्ने थिएन । २६ बर्षकी म बाबुको खोजीमा छु । (डायरीमा पोखिइरहेँ ।)
विगत दिक्क लाग्दो छ । (डायरी बन्द गरेँ ।)
घर भित्र छिरेर आमाको दराज खोलेँ । आमालेपनि पहिले यसैगरी डायरी लेख्ने गर्थिन । दराजभरि, खातै खात डायरी हेरेँ ।
आफैलाई चिन्नु थियो । त्यसैले आमाको दराजमा पुराना डायरी खोजेँ । ठूलो मोटो डायरी, डायरीको सुरुमै झरनाको दृस्यसंगै अस्पष्ट व्यक्तिको छायाँ जस्तै तस्वीर थियो । तस्वीर नजिकै एउटा चिर्कटोमा लेखिएको थियो ‘म छोरी चाहन्छु ।’
अर्को पन्नामा आमा रुदै गरेको तस्वीर रहेछ, तस्वीरको तल केही खाली ठाउ छोडिएको । पन्ना पल्टाउदै गएँ, डायरीको माथिनै लेखेको थियो,
‘प्रेममा बलात्कार र युद्धमा अन्तरघात अस्वीकार्य हुन्छ ।’
आमाको डायरीमा कालो मसीले यसरी लेखिएको थियो । ‘२२ बर्षकी मैले प्रेम गरँे, त्यहीप्रेमीबाट बलात्कार भएकी अभागी युवती हुँ । उसलाई माया गरिरहँे, तर माफ गर्न सकिनँ ।’ त्यसपछि अस्पष्ट अक्षर, बुझ्नै गाह्रो भयो ।
आमाको डायरी हेरेपछि पत्रिकामा छापिएको समाचार पुनः एकपटक पढेँ । त्यो पत्रकार प्रति केही विश्वास लाग्यो । अब उसलाई भेटेर सम्पूर्ण कुरा बुझ्नु थियो ।
पुनः दराज खोलेँ आमाको हस्ताक्षर भएको खाम रहेछ ।
उनले मलाईनै संबोधन गर्दै लेखेकी रहिछन् ।
नानी सक्छेस भने मलाई माफ गर । तलाई बाबुको मायाबाट बञ्चित गरेँ । म उसलाई स्वीकारर्न सक्दिनथेँ र तलाई भन्न पनि ।
मैले सहास र विद्रोह गरेर तलाइ जन्माएँ, तर पनि समाजमा टिक्ट धेरै गाह्रो छ ।
त सानै थिइस त्यसैले बाचेकी थिए । अब तँ पनि सक्षम भइसकेकी छस ।
धेरै अघिदेखिनै जीन्दगी बोझ लाग्न थालिसकेको थियो । गर्भमा त छस भन्ने थाहापाएपछि आत्महत्या गर्दा अर्कौ हत्या हुने ठानेर बाचेकी थिए । अब बाच्ने रहर पनि छैन । तेरो पलनपोषण देखि सम्पूर्ण खर्चको व्यवस्था गरीसकेकी छु ।
तेरोबाबु कुनै बलात्कारी पुरुष हो । उ आजै छुट्दै छ रे । उ र म एउटै खुल्ला आकाश मुनी बस्न सक्दैनौ । त्यसैले कायरहरुले रोज्ने सहासीक बाटो आत्महत्यालाई नै स्वीकारे ।
तैले अहिलेसम्म नदेखेको तेरो बाबुलाई भेट्न चाहन्छेस भने त्यसमा पनि मेरो विमती रहने छैन ।
आमाले यतीनै लेखेकी रहिछन् ।
बाबु भेट्ने चाहनाले त्यही पत्रकार खोज्न थालेँ । दुइदिन पछि उससंग भेट भयो ।
उससंग मैले बाबु भेट्ने चाहना व्यक्त गरेँ ।
कसरी भयो यो सब? मैले फूलमायालाई सोधे झै उसलेपनि मलाई सवाल गर्न थाल्यो ।
विरामी आमालाई छोडेर विदेश हानिएँ । उनको मृत्युको खबर मैले पढ्ैगरेको क्याम्पसमा पाएकी थिएँ । मृत्यु अघि लेखिएको डायरीमा नेपाल नफर्कनु भन्ने इच्छा व्यक्त गरिएको आमाको हस्ताक्षर सहितको पत्र स्क्यान गरेर मामाले पठाएको इमेल मार्फत पाएँ । आमाकै इच्छा अनुशार कहिल्यै नेपाल नफर्कने सोचमा थिए ।
बोल्दै गर्दा बीचैमा रोकेर सोध्यो, तपाई, बाबु भेट्न चाहनुहुन्छ ?
‘हो’ को संकेत गर्दै मैले टाउको हल्लाएँ ।
उसले मोटरसाईकल स्टाट ग¥यो । म चुपचाप उसको पछाडी बसेँ ।
टिनले छाएको, टिनकै ढोका भएको सानो घरमा पुगेर ढकढकायो । तिलचामले भएपनि झ्याप्प दाह्री पालेको, बर्को ओढेको बुढो मान्छे बाहिर निस्कियो र एकतमासले हेर्न थाल्यो ।
पत्रकार चुपचाप थियो, तर उसका आखाँ बोलिरहेझै गतिशील थिए ।
सानो स्वरले भन्यो । तपाईको चाहना पुरा गर्न सकेँ ।
त्यसो भन्ने साथ त्यो बुढो ठूलो स्वरमा चिच्यायो, इना भन्दै गल्याम्म अंगालो हाल्यो र रुन थाल्यो ।
बर्षौ बोल्न नपाएझै चिच्याउदै बोल्यो । मैले तिम्रि आमालाई बलात्कार गरेँ र जिन्दगीभरि पिडा दिइरहेँ । त्यही पश्चतापको आगोँमा जलेको छँु । उनीसंग माफ माग्न लायक थिइन र आट गरिनँ । म जेलबाट छुटेको थाहापाएकै दिन उनले आत्महत्या गरिछन् । उनले आत्महत्या गर्ने थाह पाएको भए म जेलबाहिर आउने नै थिइन । भक्कानिदै उनी रोइरहे ।
आमाले उनको अंगालोमा कहिल्यै यति न्यायोपनको महसुस गरिन गरिनन । तर म आनन्द मान्दै मेरो बलात्कारी बाबुको अंगालोमा सुकसुकाउन थालेँ ।
Anonymoushttp://www.blogger.com/profile/04324412144946782824noreply@blogger.com1tag:blogger.com,1999:blog-918502566669905986.post-25195272576894371702012-10-24T11:57:00.002-07:002012-10-24T12:01:51.001-07:00मेरी छोरी
‘ममता ए ममता छोरी मेरी पनि हो । मैलेपनि मायाँ गर्न पाउनुपर्छ ।’ निमेशले एक दिन फोनमा भनेको थियो । चुपचाप फोन राखेँ । उसलाई कहिल्यै सम्ँझन मन लाग्दैन । तर उसको नराम्रो होस भन्ने चाहना कहिल्यै भएन् ।
सृष्टि मेरो काखमा खेलिईरहेकी थिई । पाँच बर्षकी भई छोरी । सृष्टिलाई जन्माउनका लागि मैले परिवार देखि समाजसंग गर्नुपरेको संघर्ष सम्झिएँ । ‘त्यसबेला निमेशले साथ दिएको भए !’ मन भक्कानिन्छ ।
‘तर अब कसैको आश गर्नेवाला छैन । एक्लै बाच्न सिकेकी छु । कष्टका दिनहरुमा पनि सुखले हुर्काएकी थिएँ सृष्टिलाई । म एक्ली अविवाहित किशोरीले जन्माएको छोरी ।’
सृष्टि जन्मिएपछि कम्जोर बनेर कहिल्यै रोएकी छैन ।
हामी आईए पढ्दै गर्दा निमेशसंगको सम्बन्ध सम्झिएँ । सम्झना लायक त्यो क्षण । पानी परिसकेको आकाश जतिको उज्यालो थियो । त्यो खोला, पहाड र पर्वतमा घुमेको । दुःख कस्तो हुन्छ? किशोराबस्था, जीन्दगी बुझेकै थिईन । लहडै लहडमा हाम्रो सम्बन्धको परिचय बनिई सृष्टि । मेरो गर्भ रहेको थाहापाएपछि हराएको निमेश करिब ६ बर्षपछि सम्पर्कका आयो । छोरी दाबी गर्दै ।
सृष्टि उसकीपनि छोरी हो रे । मन मननै अट्टाहास भयो । ‘के सम्झन्छ हँ निमेशले आफूलाई?’ छ बर्ष सम्म नचाहिएकी छोरी अहिले उसकी हो रे । उसलाई छोरी जन्माएर हुर्काउदा कस्तो हुन्छ थाहा छैन । छोरीलाई दिईने मायाँ? तर पाचँ बर्षकी भएपछि छोरी चाहियो रे ।
सृष्टि जन्मिएपछि नै मैले विए र एम ए पास गरेँ । त्यसबेलाको दुःख सम्झदा अहिलेपनि अत्यास लाग्छ । समाजले गरेको अपहेलना र परिवारले गरेको वेवास्ता । तर मैले कहिल्यै हार्नु परेन, अरुले जस्तो सोचेपनि छोरी मेरो साथमा थीई ।
निमेशले आज फेरि फोन ग¥यो । मलाई भेट्ने रे । मैले भनिदिए खास कामै छैन । अफिसको कामलेपनि भ्याई नभ्याई छ । अहिले त म भेट्न भ्याउदिन । उसलाई टारेँ ।
हाम्रो सम्बन्धको कारण परिवार समाजसंग डराएर भागेको थियो ऊ ।
मैले उससंग कुनैदिन पनि भेट्ने चाहना राखिन । उसलाई भेटेर म दुखि हुन चाहान्नथेँ ।
फेरि सम्झिएँ ‘मैले नभेट्दा उ पनि दुखी हुन्छ नी?
तर उसले त मेरो दुःख बुझेन ।’
ऊ प्रतिको माया कतिपनि कम भएको रहेनछ । निमेशको फोन आउनासाथ मनमा त्यतीकै उत्साह हुन्थ्यो ।
ॐ ॐ ॐ ॐ ॐ
कौशीमा बसेर ईन्टरनेट चलाउदै थिए । सृष्टि कार्टुन हेर्नमै मस्त थिई । होमवर्क सकेपछि दिनमा एक घण्टा कार्टुन हेर्ने छुट छ उसलाई ।
गेटको घण्टी बज्यो । म जुरुक्क उठेँ र गेट खोलेँ । कताकता परिचित अनुहार मेरो अगाडी थियो । ठ्याक्कै ठम्याउन हम्मे हम्मे प¥यो । ऊ मेरो अगाडी घोप्टेमुन्टो लगाएर बसेको थियो । ठूलो मोटो ज्यान, उत्तिकै प्रिय र कुलुक्क परेको अनुहार ।
एक छिनको मौनता पछि सोधेँ ‘तिमी निमेश हैन ।’
‘हो’ उसले मुसुक्क हाँस्दै भन्यो ।
‘किन आएको त?’ मैले गेट भित्रैबाट भने ।
‘किन आउनु हुदैन र?’ उ निन्याउरो बन्यो ।
‘हुदैन भनेकै छैन, तर किन आएको भनेर सोधेको ।’ अलि रुखो देखिएँ । उसलाई देख्नेसाथ मेरो मुटुको धड्कन बढ्यो, मन भित्रै आगो बलेजसरी उम्लियो । अनुहार पनि रापिलो भयो ।
उ चुपचाप भित्र छि¥यो । उसलाई कोठामा नलगी बगैचामा लगेँ । फेरि सोधे ‘किन आएको यहाँ?’
उसले कुरा छल्दै भन्यो । ‘यो कस्को घर हो?’
‘मेरो घर । किन?’
‘साह्रै राम्रो रहेछ त्यसैले ।’
‘हाम्रो परिवार पनि राम्रो छ ।’ उ झस्कियो ।
‘छोरी र म । हामी सुखी छौ ।’ मुस्कुराउदै भनेँ ।
‘कस्की छोरी’ लाजपचाउदै सोध्योे ।
उ चाहान्थ्यो होला हाम्री छोरी भनोस । तर म चाहन्नथेँ । भनेँ मेरी छोरी ।
‘छोरीसंग भेटगराउदिनौ?’
गर्भ रहेको थाहा पाएको दिन निमेशले भनेको सम्झिएँ । गर्भपतन गराउन पटक पटक दिएको दबाब सम्झिएँ । मैले विस्तारी भनेँ ‘यो उसको कार्टुन हेर्ने समय हो ।’
उसले खिस्याउदै भन्यो ‘आफूत रुटिनमा चल्थ्यौ, छोरीलाई पनि त्यही बानी लगायौ ?’
‘मैले लगाएको होईन आफै लागेको बानी हो यो ।’
समय चुपचाप भयो । दुबैको मौनतालाई तोड्दै निमेशले माफी माग्दै भन्यो । ‘खानदानी परम्परा र आफ्नो पढाईका कारण छोरी स्वीकार गर्न सकिन । तर अब हामी संगै बस्नुपर्छ । निमेशले फेरि छोरी आफ्नो भएको दाबी ग¥यो ।’
‘तिमिले भनेझै हामीले गर्भपतन गराएको भए? छोरी हाम्री हुन्थी? छोरीले धर्तीमा टेक्नु अगावै मनमनमै छोरीको हत्या गरिसकेका छौ । यदि तिम्रै जसरी म पनि छ बर्षपछि आएर हामी संगै बसौ भनेको भए तिम्रो खानदानले स्वीकार गथ्र्यो?’ मैले एक सासमाभनेँ ।
निमेश चुपचाप उठेर हिड्यो ।
ॐ ॐ ॐ ॐ ॐ
छोरीको परिक्षा पछि केही दिनका लागि म अफिस विदा लिएर बसेकी थिए । त्यसैबेला केही व्यक्तिहरु सहित निमेशले फेरि मेरो घरको गेटमा घण्टी बजायो । गेट खोलेँ । छोरी साथीहरुसंग बगैचामा खेलिरहेकी थिई । मैले उनीहरुलाई सरासर भित्र कोठामा लगेँ ।
‘फेरि किन आएको?’
‘छोरीलाई भेट्न ।’
चाहान्छौ भने भेटाउँछु । तर मलाई जस्तो फेरि छोरीलाई दुःख लाग्ने कुरा ग¥यौ भने सह्य हुने छैन । बोल्दै गर्दा बीचैमा रोकेर उसले भन्यौ ‘छोरी मेरी पनि हो । उ प्रति जति अधिकार तिम्रो छ त्यतीनै छ मलाई पनि ।’
निमेशले छोरीप्रति आफ्नो माया, स्नेह भन्दापनि अधिकारको कुरा गरेको सुनेर धिकार लाग्यो । चुपचाप फर्किएको ऊ पुन आउदा छोरीको मायाले तान्यो होला जस्तो लागेको थियो । तर होइन रहेछ । माया केहो उसले अझै बुझेको रहेनछ । म भित्र भित्रै पि¥िहएँ । छोरीलाई १० महिनासम्म गर्भमा बोकेर जन्माउने म, हुर्काउने म, बच्चा जन्माएकै कारण समाजको अपहेलना खेप्नुपर्ने मैले । अनि छोरी माथि बराबर हकदार भएको दाबी गर्ने?
‘म छोरीका खुसीको लागि जे पनि गर्न सक्छु, तर तिम्रो चाहानामा हैन ।’
सरासर छोरी दाबी गरेको सुनेर मलाई उसको कठालोमा समातेर बाहिर निकाल्न मन लाग्यो । तर केही गरिनँ ।
सम्झिएँ पिपलबोट मुनीकी कान्छीलाई । खुल्ला आकाश मुनी पिपलको फेदमा बस्ने कान्छीले ५ जना छोरा छोरी जन्माएकी थिई । क्याम्पस जाँदा आउँदा हामी खिस्याउदै भन्थ्यौ, एक्लै यत्रा छोराछोरी जन्माउने कान्छी शक्तिशाली छ । उसका ती छोराछोरीलाई कसैले दाबी गर्न आएनन ।
मैले स्पष्ट भनेँ, निमेश, तिमीले यो छोरी आफ्नी हो भनेर दाबी गर्दै छौ? एक थोपा विर्यकै आधारमा यो छोरी तिम्रि हुन्छे भने, बैशको आवेगमा शहरका होटल होटलमा चुहाएको विर्यबाट जन्मिएका सन्तानहरु खोज । जो अहिलेपनि गल्ली गल्लीमा हात थाप्दै हिडेका छन् । खान नपाएर भोक भोकै सडक पेटीमा सुतिरहेका छन् । पैशा संगै अनुहार फेरेर बैश विछ्याउदा हरेक कुरा बिर्सियौ तर अब सन्तानको चाहाना भयो? म बोल्दै थिए । छोरी माम्मु भन्दै फूत्त कोठामा पसी ।
छोरीलाई देखेपछि निमेशले हसिँलो मुख लगाएर बोलायो । छोरीले सोधी माम्मु उहाँ को हो? म बोल्न नपाउदै निमेशले भन्यो । नान्नु म तिम्रो बाबा । झोलाभरि ल्याएको सामान निकाल्दै भन्यो हेर मैले तीमिलाई कति धेरै खेल्नेकुरा ल्याएको छु । अनि कपडा पनि ।
खेल्नेकुरा देखेपछि छोरी उत्साहीत हुदै गई । म चुपचाप थिएँ । निमेशले फकाउन थाल्यो । म तिम्रो बाबु हँ भन्ने कुरा पटक पटक दोहो¥यायो । तर छोरी उसको कुराको वेवास्ता गर्दे खेल्नेकुरासंग रमाईरही । अनि हातभरि खेल्नेकुरा लिएर काखमा बस्न आई ।
मेरो काखकी छोरीलाई तान्दै निमेशले भन्यो, ‘नानु म तिम्रो बाबा ।’
उसले धेरै बेर मेरो मुखमा हेरिरही । अवाक थिएँ । केही बोल्न सकिरहेकी थिईन । उ पनि चुपचाप मेरो छातीमा टाँसिएर बसीरहेकी थिई ।
निमेशले फेरि भन्यो ‘नानु म तिम्रो बाबा ।’
‘हैन मेलो बाबा पनि माम्मुनै हो । मेलो अलु बाबा छैन ।’ तोते बोल्ने छोरीले निर्धक्क साथ भनी र मेरो काखमा बसीरही ।
मेरो ज्यूने आधार नै छोरी हो । उसलाई बुबाको महसुस नहोस भनेर प्रयत्नरत रहन्थेँ । तर कहिल्यै मनैे तेरो बुबा पनि हो भनेर भनीन । साथीको बाबुआमा संगै देख्दा कहिलेकाही छोरीले सोध्ने गर्थी मामु मेरो बाबा कहाँ हुनुहुन्छ? म अवाक बन्थेँ । सृष्टिलाई अहिलेनै सम्पूर्ण कुरा भन्न सक्दिन थेँ । ५ बर्र्षीया छोरीलाई यी सबै कुरा भन्नुको अर्थपनि हुदैनथ्यो । छोरी बुझ्ने भएपछि यथार्थ लुकाउदिन थेँ । तर मैले केही नभनेपनि यो अबोध बालिकाले कसरी प्रतिकार गर्न सकी? म सोच्दै थिएँ ।
निमेश उठेर घर बाहिर निस्कियो । बाहिर हेरँे डाडामाथि अस्ताउन लागेका रातो घामलाई बादलले छेकेको थियो ।
ओखलढुडगा
हालः काठमाडौ
Anonymoushttp://www.blogger.com/profile/04324412144946782824noreply@blogger.com0