Tuesday, June 18, 2013

शहरमा म

सलोजा
‘सबैभन्दा बढी प्रेम कसलाई गर्छौ ?’
‘म आफैलाई गर्छु ।’
‘मलाई ?’
‘म आफूलाई भन्दा बढी प्रेम कसरी अरुलाई गर्न सक्छु र ?’
‘तिमी निर्दयी भएको ?’
‘मैले सत्य बोल्दा निर्दयी भन्ने ठान्छौ भने त्यो पनि मलाई स्वीकार्य छ ।’ उसले एकोहोरो मेरो अनुहारमा हेरिरह्यो, एकैछिन दुबै हातले आफ्नै आँखा छोप्यो । आकास हे¥यो र चुपचाप बाहिर निस्कियो ।
क्याम्पसको चौरबाट गेट हुदै बाहिर निस्कदै गर्दासम्म देखेकी थिएँ । त्यसपछि आजसम्म उसको आभाष सम्म पाएकी छैन । 

अन्तिम पटक निस्किएको गेटमा घण्टौ कुरेर बस्छु । त्यो चौरमा विहानदेखि साँझसम्म डुल्छु । हामी घुम्ने पार्क, गल्ली र चिया पसलमा पनि सयौपटक गइसकेकी छु । तर कतै भेटिएन ।
खै उसले विर्सियो की ? तर यी गल्लीहरुले विर्सिएका छैनन ।
विहान सुर्यसंग विउझन विर्सिएको यो शहरलाई झकझकाउनेहरु चन्द्रमा नहराउदै शहर घुम्न थाल्छन् । तर शहर विउझन कन्जुस गर्छ ।
यो कन्जुस शहर ।

मर्निङवाक गर्दै खुल्ला मञ्चमा पुगेर विहानै शहर घुम्न निस्किएकी छु । कोलाहल व्यूझनु अघि शहर डुल्नुको रमाइलो π
तर एक्लै । उफ.. 
‘चिसो र धुवा, धुलोले ढाकिएको शहर घुम्नु मेरो मात्र होइन धेरैको नियति हो ।’
बिहानैदेखि झरी परेको छ । यो झरीमा भिज्नु मेरो शोख हो । आमाले देखिन भने गाली गर्छिन । अहिलेपनि पिट्न पछि पर्दिनन ।
अविरल π
उसलाई पनि मन पर्छ सिमसिमे पानीमा भिज्न ।
खुल्ला मञ्चबाट शान्तिबाटिका हुदै अघि बढ्दै थिएँ । एक जना महिलाले झपारिन । ‘आँखा छैनन ? बाटोमा हेरेर हिड्नु नी ।’
त्यसबेला झसंग भएँ । अविरलसंग हात समाएर पानीमा भिज्दै गरेको कल्पनामा डुब्दै रहेँछु ।
हुनत अब आस पनि छैन । एमआरपी बनाएर विदेशिन उसको शोख थियो । त्यही शोख हाम्रो सम्बन्धको बीचमा तगारो बनेर आयो ।
विदेश पसेर कमाउने र संगै बसेर रमाउने भन्दै कोरियाका लागि लागेको भिस्सा ल्याएर खुसी हुदै देखाएको थियो । भिस्सा लागेको दिन उ जती खुसी थियो, त्यो भन्दा बढी दुखी थिए म ।
चिया पसलमा बस्दै गर्दा भन्यो ‘मेरी आमा र तिमी एकै प्रकारले सोच्छौ । उनी पनि खुसी छैनन । दुख गरेर भएपनि संगै बस्नुपर्छ भन्छिन । तिमीपनि । मेरो लागिमात्र होइन, हाम्रो लागि म तिमीहरुलाई केही समय छोडेर जादै छु । फर्किएर आउछु ।’
सम्झाउदा पनि नलाग्ने भएपछि म चुपचाप बसेँ । उसकी आमा पनि यसैगरी दिक्क भएकी हेलिन ।
उ हिड्यो ।
फर्किएन ।
समय वित्यो । सोचाइ र चाहनाहरु फेरिए ।
विगत ओझेल पर्न थालेको थियो ।
विद्यालय जान थालेपछि खोरियामा गाइ बाख्रा चराउदै गाँउमा भाडाकुटी खेल्ने साथीहरु छुटे ।
क्याम्पस पढ्न आउदा विद्यालयमा रमाउने धेरै साथीहरु हराए ।
जागिर खान थालेपछि क्याम्पस पढ्दा मिल्ने साथीहरु ओझेल पर्न थाले । र समय अनुसार नयाँ नयाँ मित्रता थपियो ।
तर रत्नपार्क जस्ताको तस्तै छ ।
पहिलोपटक क्याम्पस पढ्न आउदा पनि यहाँ अहिले जस्तै भीड थियो । मान्छेहरु उतिकै हतारिएका हुन्थे । सुकिलादेखि मैलो धैलो र माग्नेहरु समेत ।
विहान बेलुका रत्नपार्कको बाटो काट्नु मेरो दैनिकी हो ।
यो मान्छेको घुइचो र भीडभाड, फूटपाथ पसल, माग्नेहरुको कोलाहल । सबै सधै । कति वास्ता गर्नु । बुझ्न खोजेर पनि साध्य छैन ।
भर्खरै गाउँबाट आएकी मेरी साथीले माग्नेहरुलाई देखेपछि पैशा निकाली र बाड्न थाली । बालबालिकाहरु हतारिदै आए । उसको खुट्टा समाएरै अरुको भन्दा आफ्नो भागमा बढी पैशा थाप्न चाहन्थे । बुढाबुढीहरु हात पसार्दै थिए । त्यो माग्नेहरुका भीडमा एक जना महिला शान्त भएर बसिरहीन ।
सुन्निएको आँखा, कलेटी परेको ओठ, नाङ्गै खुट्टा, मैलो कपडा र धेरै दिनदेखि नकोरेको जस्तो देखिने कपाल ।
अरुको जसरी हात थापेर मागिनन् ।
एकै जनाले पाचँ ठाँउमा झोला राखेर माग्नेहरुको भीडमा उनी किन शान्त भएर बसिन ? ती महिलाको शान्त व्यवहारले मेरो ध्यान खिच्यो । मनमा खुलदूली भयो ।
अर्को दिन त्यही बाटो हुदै गएँ ।
उस्तै गरी बसेकी । चुपचाप थिइन ।
एक हुल क्याम्पस पढ्ने केटाहरु आए । टोलाएर हेरिरहीन र आँखा पुछिन ।
उनको अनुहार कता कता देखे झै लाग्यो । ठम्याउन सकिनँ ।
अफिस पुग्दापनि छटपटी भइरह्यो ।
भोली पल्ट माग्नेहरुको भीडमा थिइनन उनी ।
धेरै दिनपछि रत्नपार्कमा डाँको छोडेर रुदै गरेको देखेँ ।
‘मेरो जुन कहाँ छ ? हराउन सक्दैन ऊ । मलाई छोडेर कतै जानपनि सक्दैन । बुढेसकालको साहरा बन्छु भनेको छ ।’
उनी एकोहोरो कराइ रहीन ।
पानी परेको छ ।
उनी मेरी आफन्त होइनन । ठ्याक्कै चिने झैपनि लाग्दैन । तर तीनिप्रति कता कता आत्मीयभाव आइरह्यो । छाता ओढेकी मेरो शरीरको आधा भाग भिजेको छ । उनी निथ्रुकै छिन ।
बार नघ्दै उनको नजिकै गएर सोधेँ ।
‘को हरायो ?’
उनलाई नजिकबाट नियालेँ । पानीले निथ्रुक भिजेको शरीर भन्दा बढी आँखाहरु पैडिदै थिए ।
हातमा लेमिनेसन गरेको एउटा पन्ना देखाउदै भनिन । ‘मेरो बाबु कहाँ भिज्दै होला ।’ फोटो हेरिन र उसै गरी रुइन ।
अविरलको फोटो रहेछ ।
धेरै बर्षपछि ताजा बनेर यादमा आयो ।
उनलाई अंगालो हालेँ । अझ ठूलो स्वरमा रुदै भनिन ।
‘क्याम्पस पढ्दै थियो । दुख गरेरै भएपनि पढाउछु भनेँ, मानेन । कमाएर तिमीलाईनै पाल्छु नी आमा भनेर हिडेको थियो । साहूसंग ऋण काडेर विदेश पठाएँ । अहिलेसम्म फर्किएर आएन ।’
उनी रुदै थिइन । उनको हात समाएर वरको चियापसल सम्म ल्याए । प्रतिकृया विहिन मेरो पछी पछी आइन ।
खाजा खान दिएँ ।
धन्न उनले कोहौ भनेर सोधिनन । नत्र के जवाफ दिन्थेँ ।
खाजा खाइसकेपछि आर्शीवाद दिदै भनिन ‘नानीको जय होस ।’
हातबाट लेमिनेशन गरेको पन्ना भुइमा झ¥यो ।
‘मेरो बाबु खस्यो ।’ डाको छोडेर रुइन ।
म न उनलाई सम्झाउन सक्थे न उनीसंगै रुन । अन्तिम पटक अविरलले मेरो अनुहार नियाले झै म उनको अनुहार नियाल्दै थिएँ ।
चिया पसल्नीले मेरो कानमा आएर भनिन ‘यो माग्ने बुढी गनाएकोले चिया खान आउनेहरु बसेनन ।’ पसलनीले अप्रत्यक्षरुपमा चियापसलबाट बाहिर जाउ भन्दै थिइन ।
कसतो सम्बेदनाहिन काठमाडौ । झम झम पानी परिरहेछ । विरामी महिला, दुखी देखिन्छिन, टाउको ओताउने ठाँउ नहुदा समेत कसैको मन पलाएन ।
ती पसलनीको अनुहार हेरेँ । उनलाई कसैको मतलब थिएन ।
एउटा मान्छे आएर चुरोट माग्यो ।
पसल्नीले चुरोट र लाइटर दिइन र बुढी आमा बसेको कुर्सी तानेर बस्न संकेत गर्दै चिया पकाउन थालीन ।
मनमनमा सोचेँ । हुनत यसैगरी बन्छ शहर । नत्र कसरी बाच्छन मान्छे यो महंगी र कोलाहलमा ।
ती बुढी आमालाई उसैगरी डो¥याउदै म चियापसलबाट बाहिर निस्किएँ ।
अविरल र उनकी आमा भन्दा अरु कोही छैन भन्ने थाहा थियो । तरपनि सोधेँ ‘घरमा को को हुनुहुन्छ ?’
बाटो काट्दै थियौ । मेरो हातमा दह्रोगरी समाउदै भनिन । ‘घरबार सबै साहूले लग्यो । मसंग बाँकी केही छैन ।’
एक पटक फोटो हेरिन । ‘मेरो बाबु π ज्यूदो छ की ..... ।’ उनी त्यही बेहोस भइन ।
म टोलाउन थालेँ ।
राष्ट्रपतिको सवारी छ भन्दै प्रहरी बाटो खाँली गर्न आयो । उनी अचेत लडीरहिन । प्रहरीले बाटो खाँली गरायो ।
उनलाई कहाँ लिएर जानु ? बेहोस बुढी आमालाई नचिनेझै उभिइरहेँ ।
उनका आफन्तहरु खोजे झै देखिन्थ्यो प्रहरी, एकै छिनमा तीन जना मान्छे आए र उठाएर लगे ।
समय निरिह या म ?
फेरि उही रत्नपार्कको बाटो हुदै हिडेँ ।
पानी अझै बढेको थियो ।
त्यसपछि उनलाई पनि आजसम्म देखेकी छैन ।
ऊ हराएको भन्दा उनको आमाको हालतले मलाई चिमोटेको छ ।
गाँउबाट क्याम्पस पढ्ने रहरले शहर पसेको अविरलको सपना ?
उसलाई सम्झन्छु । धेरै बर्ष पछि उसको यादले विथोल्यो । तर अन्तिम पटक पनि तिमीलाई माया गर्छु भन्न समेत सकिनँ ।
अहिले म यो रंग हराएको शहरमा छु । हरेक कृतिमतामा बाच्ने यसलाई न आफ्नो रंगको ख्याल छ । नत अरुको रंग प्रतिको विश्वास ।
म अभ्यस्त छु यो शहरसंग ।
त्यसैले हरेक दिन भेट्नु र देख्नु मात्र प्रेम हो भने झै केही समय छुट्न लागेको अविरलसंग जिन्दगीभरका लागि छुटेँ । बेहोस बुढी आमालाई बीच बाटोमा छोडेर हिडेँ ।
अब यो शहरले पनि मलाई छोड्ने छ । या मैले यो शहर ।
                        २०७० असार २ गते राती ११ः१७ बजे

2 comments: