Monday, June 10, 2013

गजल

फूलैले रेटेर दुख्यो रे आज ।।
आँखैमा बर्षात सुक्यो रे आज ।।

खै ! कस्ले बाँधेर गएको थियो
प्रेमको गाठो फूक्यो रे आज ।।

जवानी रहर र उमंग हैन
मनसंग मूल्य चुक्यो रे आज ।।

बेचिएछ स्वाभिमान कहिले ?
निर्दोशी शिर झुक्यो रे आज ।।

शितल शान्त आनन्द थियो
टाढाको शहर भुक्यो रे आज ।।
 

1 comment:

  1. Bermuda is a British territory north of the Caribbean in the 우리카지노 North Atlantic Ocean

    ReplyDelete